तेलियनपुरका २९ जना युवाले गरे रक्तदान


सेतोखरी सेतोखरी   सोमबार, चैत २६, २०८०
तेलियनपुरका २९ जना युवाले गरे रक्तदान

नेपालगन्ज  २६ चैत्रः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, तेलियनपुरमा रक्तदान गरिएको छ । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा उक्त रक्तदान गरिएको हो ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजित उक्त रक्तदानमा २९ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढामगरले जानकारी दिए । ‘रगतको कमीले अनाहकमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने ध्ययले रक्तदान गरेका हौ ।’

तेलियनपुर टोल विकास समितका अध्यक्ष भागिराम बुढामगरले भने,‘पछिल्लो समय रगत अभावका विरामीले भोग्नु परेको सास्तीलाई मध्यनजर राखि रक्तदान गरेकाछौं । रगत अभावलाई पूर्ती गर्न ३–३ महिनामा नियमित रक्तदान गर्ने योजना अनुसार यो हाम्रो दोस्रो कार्यक्रम हो । यसअघि गत असोज २१ गते रक्तदान गरेका थियौं । ’

टोलको बिकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको समितिले टोल सुधारको योजना बनाई सरसफाई अभियान, लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतिकरण, देउसीभैलोबाट संकलित रकम टोल विकासमा खर्च गर्नुका साथै सामाजिक परोपकारका कार्य गर्दै आएको समितिका सचिव मोहन पुनले जानकारी दिए । 

Kids Festival 2022
kanti aarogya hospital

रक्तदान कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका रामभक्त लम्साल, महेश थारु, वीरेन्द्र योगी, शिव कुमार शाहीको टोली खटेको थियो ।  उक्त रक्तदान कार्यक्रममा सोविराम सुनार, भुपेन्द्र पुन, मोहन कुमार पुन, राप्रसाद सुनार, अनिसा रोकाय, दिपेश चौधरी, पुरन सुनार, अनुपम ओली, मन्दिप चौधरी, सन्तोष कुमार सुनार, कमला सुनार, प्रदीप रोकाय, रिसिब पुन, पवित्रा विक, रुद्र पुन, तारा बहादुर थापा, सोमलाल बुढाथोकी, सुसिला सुनार, खुमराज जैशी, रमेश नाथ भट्टराई, भागीराम बिएम, प्रलाद परियार, अमृतानाथ गिरी, रिता कुमारी पुन, सुस्मा विक, सिता चौधरी, ज्योती विक, प्रमिला चौधरी र पवित्रा ओलीले रक्तदान गरेका थिए ।