पत्रकार महासंघ बाँकेले निःशुल्क स्वास्थ्य शिविर गर्दै


सेतोखरी सेतोखरी   शुक्रबार, वैशाख ७, २०८१
पत्रकार महासंघ बाँकेले निःशुल्क स्वास्थ्य शिविर गर्दै

नेपालगन्ज ७ वैशाख : नेपाल पत्रकार महासंघ बाँके शाखाले बाँकेको राप्तीसोनारी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्दैछ । 

विशेषज्ञ चिकित्सकद्वारा यही वैशाख ८ गते शनिबार महिला तथा बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षणका लागि स्वस्थ्य शिविर गरिन लागेको हो ।

नेपाल पत्ररकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको पहलमा उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको हो । अध्यक्ष भण्डारीका अनुसार उक्त एक दिने शिविरका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ भवनीयापुरमा रहेको सरस्वती मावि विद्यालयमा हुने उक्त स्वास्थ्य शिविर शनिबार विहान ७ बजेदेखि सञ्चालन हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त एक दिने निःशुल्क शिविर महासंघ बाँके शाखा र नेपालगन्ज सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्य रहेकोछ ।

बालरोग बिशेषज्ञ डाक्टर रोमा बोरा नेतृत्वको विशेषज्ञ चिकित्सको टोलीले बालबालिका र महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै गम्भीर प्रकृतिका विरामीहरुलाई आवश्यक उपचारका लागि अस्पताल रिफर गरिनेछ ।