एकदिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्दै कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक डाक्टर रोमा बोरा ।
नेपालगन्ज ८ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ सरस्वती माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।
कान्ति आरोग्य अस्पताल नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँके शाखाको संयुक्त आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य मात्रामा विरामी बालबालिका र विरामी महिलाहरु स्वास्थ्य चेकजाँच तथा उपचारका लागि आएको पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले बताए ।

कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक डाक्टर रोमा बोराका अनुसार स्वास्थ्य शिविरमा बालबालिका र महिला गरि २ सय ६५ जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो । स्वास्थ्य चेकजाँच गर्न आएका विरामलाई निःशुल्क औषधि समेत वितरण गरिएको डाक्टर बोराले बताईन् ।
बाँकेको राप्तीपारी बालबालिका र महिलाहरुमा स्वास्थ्यको पहुँचभन्दा अलि टाढा रहेकाले उनीहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको महासंघ अध्यक्ष भण्डारीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा सरस्वती माविका प्रध्यानाध्यापक ललित चौधरीले यस्तो निःशुल्क स्वास्थ्य शिविरले गरिब जनताहरुलाई ठूलो सहयोग पु¥याउने भन्दै पत्रकार महासंघ र कान्ति आरोय अस्पताललाई फेरि पनि अन्य रोगहरुको शिविर आयोजना गर्न भन्दै धन्यबाद दिए ।

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमराज श्रेष्ठले स्वास्थ्य शिविर आयोजनाले यस क्षेत्रका जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याएको प्रतिक्रिया दिए । उनले भने –‘थुपै्र्र गरिब जनताहरु स्वास्थ्यको पहुँचमा अझैँ पुग्न सकेका छैनन् । उनीहरुका लागि धेरै राहत भयो ।’
उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर महासंघ बाँके शाखा र नेपालगन्ज सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्य रहेको थियो ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ