पत्रकार महासंघ र कान्ति आरोग्य अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


सेतोखरी सेतोखरी   शनिबार, वैशाख ८, २०८१
पत्रकार महासंघ र कान्ति आरोग्य अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

एकदिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्दै कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक डाक्टर रोमा बोरा ।

नेपालगन्ज ८ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ सरस्वती माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।

कान्ति आरोग्य अस्पताल नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँके शाखाको संयुक्त आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य मात्रामा विरामी बालबालिका र विरामी महिलाहरु स्वास्थ्य चेकजाँच तथा उपचारका लागि आएको पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले बताए । 

health_camp_raptisonari_2-1713619062.jpg
कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक डाक्टर रोमा बोराका अनुसार स्वास्थ्य शिविरमा बालबालिका र महिला गरि २ सय ६५ जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो । स्वास्थ्य चेकजाँच गर्न आएका विरामलाई निःशुल्क औषधि समेत वितरण गरिएको डाक्टर बोराले बताईन् । 

बाँकेको राप्तीपारी बालबालिका र महिलाहरुमा स्वास्थ्यको पहुँचभन्दा अलि टाढा रहेकाले उनीहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको महासंघ अध्यक्ष भण्डारीले जानकारी दिए । 

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य शिविरमा सरस्वती माविका प्रध्यानाध्यापक ललित चौधरीले यस्तो निःशुल्क स्वास्थ्य शिविरले गरिब जनताहरुलाई ठूलो सहयोग पु¥याउने भन्दै पत्रकार महासंघ र कान्ति आरोय अस्पताललाई फेरि पनि अन्य रोगहरुको शिविर आयोजना गर्न भन्दै धन्यबाद दिए । 

Health_Camp_raptisonari4-1713619083.jpg
उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमराज श्रेष्ठले स्वास्थ्य शिविर आयोजनाले यस क्षेत्रका जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याएको प्रतिक्रिया दिए । उनले भने –‘थुपै्र्र गरिब जनताहरु स्वास्थ्यको पहुँचमा अझैँ पुग्न सकेका छैनन् । उनीहरुका लागि धेरै राहत भयो ।’

उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर महासंघ बाँके शाखा र नेपालगन्ज सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्य रहेको थियो ।