नेपालगन्जका बोर्डिङ स्कुलले मनपरी रुपमा शुल्क उठाउँदै, उपमहानगरपालिका मौन 


सेतोखरी सेतोखरी   शुक्रबार, वैशाख १४, २०८१
नेपालगन्जका बोर्डिङ स्कुलले मनपरी रुपमा शुल्क उठाउँदै, उपमहानगरपालिका मौन 

नेपालगन्ज १४ वैशाखः नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा रहेका बोर्डिङ स्कुलले मनपरी रुपमा शुल्क उठाउने गरेको पाइएकोछ । मनपरी रुपमा शुल्क उठाउन थालेपछि अभिभावकहरु मर्कामा परेका छन् । नेपालगन्जका अधिकांस बोर्डिङ स्कुलले अभिभावकको ढाड नै सेक्किने गरी विभिन्न शिर्षकमा शुल्क उठाउने गरेको पाइएको हो ।

बिद्यालयले वार्षिक र मासिक शुल्क, आइडी कार्ड, कम्प्युटर, डायरी लगायत शिर्षकबाट अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुलेको पाइएको छ । संस्थागत बिद्यालयले यतिसम्मकी जेनेरेटर र एसी चलाए वापत समेत बिद्यार्थीबाटै शुल्क असुलेका छन् । नियमन गर्ने निकाय नेपालगन्ज उपमहानगरपालिका मौन बस्दा संस्थागत बिद्यालयमा अहिले मनपरी चलिरहेको अभिभावकको गुनासो छ ।

यो पनि पढ्नुहोस् नेपालगन्जका विद्यालयहरुको वर्गीकरणसंगै तोकियो शुल्क

‘अहिले सामुदायिक र संस्थागत बिद्यालयमा नयाँ भर्नाको काम चलिरहेको छ,’ एक अभिभावकले भने ‘संस्थागत बिद्यालयले त हामी अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुली गरिरहेका छन् ।’ कारबाही गर्ने निकाय उपमहानगरपालिकाले देखावटी रुपमा मात्रै अनुगमन गरेको पीडित अभिभावक बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

उपमहानगरपालिकाले संस्थागत बिद्यालयको मनोवल झन् बढ्ने खालका निर्णय गरेको अभिभावकको गुनासो छ । अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुल्नेमा नेपालगन्जमा नाम चलेका ठुला ब्यक्तिकै बिद्यालय रहेको पाइएको छ । ति बिद्यालयले माथिल्लो निकायको संरक्षण बिना कानुन विपरितका काम गर्न असम्भव रहेको अभिभावकको बुझाई छ ।

‘बोर्डिङ स्कुलले हरेक वर्ष विभिन्न बहानामा शुल्क बढाउँदै आएका छन्, यस वर्ष त उपमहानगरपालिकाको शिक्षा समिति आफैले शुल्क तोकिदियो, बोर्डिङ स्कुलका लागि यो झनै बहाना गर्ने माध्यम बन्यो,’ अर्का अभिभावकले भने । उपमहानगरपालिकाले केहीदिन अघि शुल्क निर्धारण गरेको थियो ।

यो पनि पढ्नुहोस्  नेपालगन्जका संस्थागत विद्यालयको अनुगमन

उपमहानगरपालिकाको शुल्क निर्धारण नै अभिभावकलाई मर्का पार्ने खालको भएको गुनासो बढेको छ । संस्थागत बिद्यालयले मनपरी रुपले शुल्क बढाउन थालेपछि दैनिक रुपमा काम गरेर छोरा छोरी पढाउने गरेका अभिभावकहरु बढी मर्कामा परेका छन् । पीडित केही अभिभावकहरु बोर्डिङ स्कुलले असुलेको शुल्क र रसिदसहित हाम्रो सम्पर्कमा आएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले संस्थागत बिद्यालयको हकमा आधारभुत र माध्यामिक तहका लागि अधिकतम शुल्क तोकेको बताउँछन् ।

तोकिएकोभन्दा बढी शुल्क असुलेको गुनासो केही ठाउँबाट आइरहेको उनले स्वीकार गरे । ‘हामी कहाँ पनि तोकिएको भन्दा बढी शुल्क असुलेको गुनासो नआएको होईन, जथाभावी शुल्क असुलेको पाइएमा एक पटकलाई सुधार्न लगाउने, समयमै नसुधार्नेलाई कारबाही गर्नेछौं,’ उनले भने । नेपालगन्जका नाम चलेका बिद्यालयबाट बढी शुल्क असुलेको गुनासो आएपछि अनुगमन पनि गरिएको शाखा प्रमुख थापाले बताए ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा समितिका एक सदस्यले कतिपय संस्थागत बिद्यालयले अभिभावकबाट लिनै नमिल्ने शुल्क असुलेको पाइएको बताए । ‘जुन शुल्क लिनै पाईदैन, त्यस्तो शुल्क धमाधम असुलेको पाइएको छ,’ उनले भने ‘अभिभावक बढी जागरुक भएपछि संस्थागत बिद्यालयको मनपरी कम हुन्छ ।’ मनपरी शुल्क लिने बिद्यालयको नाम गोप्य रुपमा शिक्षा समिति समक्ष जानकारी दिन आग्रह पनि गरेका छन् ।