नेपालगन्ज १४ वैशाख : बाँकेको नरैनापुर गाउँपालिकामा औलो रोगको सङ्क्रमण बढ्दै गएको पाइएकोछ । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जना औलोका नयाँ बिरामी भेटिएपछि गाउँपालिकाले सो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्रकुमार साहका अनुसार गत आर्थिक वर्ष २०७९।०८० मा सो पालिकामा १०२ जनामा औलो रोग पुष्टि भएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पालिकाको एउटै वडामा १०१ जना औलोका बिरामी भेटिएपछि आंैलोको प्रकोप देखिएको हो ।
उनले वडा नम्बर ३ मा मात्र १०१ जना बिरामी भेटिएकोले गाउँपालिकाले उच्च सतर्कता अपनाउँदै औलोको सक्रमण नियन्त्रणका लागि विभिन्न कार्य गरिरहेको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले नरैनापुरको वडा नम्बर ३ मा केही महिना पहिलेदेखिनै औलोका बिरामी थपिँदै गएको पाइएकोले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनले पालिकाको सबैभन्दा उच्च जोखिममा रहेको वडा नम्बर तीनमा नियन्त्रणका लागि चार हजार ३०० जनालाई कीटनाशक झुल वितरण गरिएको बताए ।
रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पालिकाका केही वडामा औलो रोग भेटिए लगत्तै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेको जनाउँदै उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाएर नियन्त्रणको काम भइरहेको बताए ।
चालु आर्थिक वर्ष २०८०।०८१ को साउनदेखि माघसम्म नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा पाँच÷पाँच जना र बैजनाथ गाउँपालिकामा एक जना औलोका बिरामी भेटिएको स्वास्थय कार्यालयका फोकल पर्सन दुर्गा गौतमले बताईन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ