नेपालगन्जका चिकित्सकलाई क्यान्सर उपचारबारे जानकारी

समयमै उपचार पाएमा क्यान्सर रोगलाई निको पार्न सकिन्छ : डा. सुदीप


सेतोखरी सेतोखरी   आइतबार, वैशाख १६, २०८१
नेपालगन्जका चिकित्सकलाई क्यान्सर उपचारबारे जानकारी

नेपालगन्ज १६ वैशाख : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले क्यान्सर निको पार्न गरिने उपचार पद्धतिबारे जानकारी गराएको छ ।  नेपालगन्जमा शनिबार बेलुका एक कार्यक्रमका बीच क्यान्सर रोगको उपचार पद्धति, रोग पहिचान गर्न प्रयोग गरिएको नयाँ प्रविधिबारे जानकारी गराएको हो ।  

cancer_programe_npj_2-1714299526.jpg
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवम् सिनियर कन्सल्टेन्ट मेडिकल अन्कोलोजिष्ट (एमडी) डा. सुदीप श्रेष्ठले क्यान्सर रोग फैलिन नदिन जनचेतनामूलक कार्यक्रम, औषधी उपचार र अनुसन्धानमुलक कामहरु गर्दै आएको बताए । 

हस्पिटलले धेरै क्यान्सरका बिरामीलाई निको पारेको उल्लेख गर्दै डाक्टर श्रेष्ठले उपचारका लागि देश बाहिर जानुपर्ने अवस्था नरहेको प्रष्ट्याए । समयमै उपचार पाएमा क्यान्सर रोगलाई निको पार्न सकिने उनले सुनाए । क्यान्सर रोगको उपचार नेपालमै गर्न सकिने र त्यसको लागि आवश्यक पुर्वाधार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको संस्थाका अध्यक्ष डाक्टर श्रेष्ठले बताए । सरकारले पर्याप्त मात्रामा सहयोग नगरेपनि हस्पिटलले आफ्नै पहलबाट धेरै काम गरेको उनले बताए । 

cancer_program_npj_4-1714299545.jpg
नेपाल सरकारले प्रदान गर्ने सेवा, सुविधाका साथै हस्पिटलले गरिव तथा विपन्न समुदायका लागि १० प्रतिशत निःशुल्क बेड उपलब्ध गराएको जानकारी गराए । यसका साथै गरिव तथा विपन्न बिरामीको अवस्था हेरेर उपचारमा थप सहुलियत तथा सहयोग प्रदान गर्दैै आएको उनले सुनाए । 

Kids Festival 2022
kanti aarogya hospital

सो क्रममा सिनियर अन्कोलोजिष्ट सर्जन डाक्टर हेमन्त बताजु, सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट डाक्टर बनिता गुरुङ, कन्सल्टेन्ट गोइनोलोजिष्ट डाक्टर अञ्जु श्रेष्ठ र असिस्टेन्ट कन्सल्टेन्ट रेडियोलोजी अन्कोलोजिष्ट नविन काजी बज्राचार्यले क्यान्सरका प्रकृति, रोग निदान गर्ने प्रविधिको प्रयोग लगायतबारे प्रस्तुतीमार्फत जानकारी गराएका थिए । 

Cancer_Program_npj_3-1714299584.jpg
उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डाक्टर बिनोद थापा, विशिष्ट अतिथी एवम् भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर दिनेश चौधरी, अस्पतालका सूचना अधिकारी एवम् कन्सल्टेन्ट फिजिसियन डाक्टर संकेत रिसाल, नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर अनुप शर्मा, प्राध्यापक डाक्टर ढुंडिराज पौडेल, नेपालगन्ज क्षेत्रमा विभिन्न अस्पतालमा क्रियाशिल चिकित्सक लगायत अतिथीको उपस्थिती रहेको थियो । कार्यक्रममा हस्पिटलका तर्फबाट अध्यक्ष डाक्टर श्रेष्ठले प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।