नेपालगन्जमा हुने पाँच दिने बृहत योग विज्ञान शिविरको तयारी पुरा


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १७, २०८१
नेपालगन्जमा हुने पाँच दिने बृहत योग विज्ञान शिविरको तयारी पुरा

नेपालगन्ज १७ वैशाख : नेपालगन्जमा पाँच दिने बृहत योग विज्ञान शिविर सञ्चालन गरिदैँछ । पतंजली योग समिति बाँकेको आयोजनामा यही वैशाख १८ गतेदेखी २२ गतेसम्म नेपालगन्जको रामलिला मैदानमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।

बृहत योग विज्ञान शिविरको सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएकोछ । भने शिविरमा प्रवेश निःशुल्क गरिएको छ ।

शिविर हरेक दिन बिहान ५ बजेदेखी ७ बजेसम्म सञ्चालन हुने समितिका अध्यक्ष हरपाल सिंहले जानकारी दिए । आवश्यक भएका ब्यक्तिहरुलाई बिहान ७ बजेदेखी ८ बजेसम्म पनि आयुर्वेदिक डाक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा राखिएको उनले बताए । शिविरलाई पतंजली योगपीठ हरिद्धार र पतंजली योगपीठ नेपालका प्रखर योगगुरु तथा प्रशिक्षकहरुले सञ्चालन तथा सहजीकरण गर्नेछन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँके र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयुर्वेद डाक्टरद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा रहेको अध्यक्ष सिंहले बताए । शिविरमा योग गर्नका लागि विछ्याउने म्याट तथा कार्पेटको ब्यवस्था आयोजकले नै गर्ने जनाएको छ । योगमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित लगायत सम्पूर्ण शारिरीक रोगहरु निको पार्न सकिने विश्वास गरिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै मोटोपन, मधुमेह, कोलस्ट्रोल, कब्जियत, दम, एलर्जी, माईग्रेन, ब्लडप्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारिरीक विकार नष्ट गर्न सकिने योग प्रशिक्षक बताउँछन् । यस्तै शारिरीक प्रतिरोधक क्षमतामा बृद्धि हुने तथा सकारात्मकता र उत्साहले भरिपूर्ण जीवन जिउने कला विकास हुने विश्वास गरिएको छ ।

पतंजली योग समिति बाँकेका महासचिव वीरबहादुर हमालका अनुसार पाँच दिवसीय बृहत योग विज्ञान शिविरमा मुख्य केन्द्रिय प्रभारी लवदेव, महिला केन्द्रीय प्रभारी साध्वी देवादिती, युवा केन्द्रीय प्रभारी साध्वी देवविजया, पतंजली नेपाल सेवा आश्रमकी प्रमुख साध्वी देवकृपा र प्रशिक्षण विभाग प्रमुख लुम्बिनी प्रदेशका दिपक बस्यालले प्रशिक्षण दिनेछन् ।