उत्तराखण्डमा पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख १८, २०८१
उत्तराखण्डमा पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध

नेपालगन्ज १८ वैशाख : योग गुरु रामदेवको आयुर्वेद औषधि उत्पादन गर्ने पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध लगाइएको छ।

भारतको उत्तराखण्ड सरकारले १५ अप्रिलमा एक आदेश जारी गर्दै पतञ्जलीको १४ उत्पादनको लाइसेन्स रद्द गरिदिएको बताएको छ।

Kanti Aarogya Hospital Nepalgunj

बीबीसीका अनुसार उत्तराखण्ड सरकारले ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्टको उल्लङ्घन गरेको भन्दै रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध आपराधिक उजुरी पनि दिएको छ।

उत्तराखण्ड सरकारले पतञ्जलीको स्वासारि गोल्ड, स्वासारि वटी, ब्रोन्कोम, स्वासारि प्रवाही, स्वासारि अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवान्स, लिवोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली दृष्टि आईड्रपमाथि प्रतिबन्ध लगाएको हो। भ्रामक विज्ञापन गरेको भन्दै पतञ्जली विवादमा आएको थियो।