नेपालगन्ज १८ वैशाख : योग गुरु रामदेवको आयुर्वेद औषधि उत्पादन गर्ने पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध लगाइएको छ।
भारतको उत्तराखण्ड सरकारले १५ अप्रिलमा एक आदेश जारी गर्दै पतञ्जलीको १४ उत्पादनको लाइसेन्स रद्द गरिदिएको बताएको छ।
बीबीसीका अनुसार उत्तराखण्ड सरकारले ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्टको उल्लङ्घन गरेको भन्दै रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध आपराधिक उजुरी पनि दिएको छ।
उत्तराखण्ड सरकारले पतञ्जलीको स्वासारि गोल्ड, स्वासारि वटी, ब्रोन्कोम, स्वासारि प्रवाही, स्वासारि अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवान्स, लिवोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली दृष्टि आईड्रपमाथि प्रतिबन्ध लगाएको हो। भ्रामक विज्ञापन गरेको भन्दै पतञ्जली विवादमा आएको थियो।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?