जैबिक बिबिधता संरक्षण तालिम सम्पन्न 


सेतोखरी सेतोखरी   शनिबार, वैशाख २२, २०८१
जैबिक बिबिधता संरक्षण तालिम सम्पन्न 

नेपालगन्ज २२ वैशाख : जलवायु परिर्वतन, अनुकुलन, तथा जैबिक बिबिधता संरक्षण सम्बन्धी जनप्रतिनिधि र कर्मचारीहरुका लागि तीन दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । 

स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुलाई वन, वातावरण र जैबिक बिबिधताको महत्वका बारेमा जानकारी दिई बिकास निर्माणका योजनाहरुलाई दीगो र वातावरणमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा दाङको राजपुर, राप्ती, गढवा र बर्दियाको मधुबन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी २२ जना सहभागी भएका थिए । 

युएसएआइडी जल जंगल  परियोजनाले दाङको राजपुर, राप्ती, गढवा र बर्दियाको मधुबन नगरपालिका क्षेत्रमा नेपाल जलवायु सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्थानीय तहमा गठन भएका वन वातावरण तथा बिपद ब्यबस्थापन समितिको कामलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक नीति निर्माण गर्ने कार्यमा जलजंगल परियोजनाले स्थानीय सरकारहरुसँग सहकार्य गरेर काम गर्दै आएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसै गरी बजेटको ब्यस्थापन गर्ने, स्थानीय तहमा हरियाली प्रबद्र्धन गर्ने, वन क्षेत्र बिस्तार गर्ने, वन क्षेत्रमा बिकास निर्माणका आयोजना सञ्चालन गर्दा प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गरी त्यसको सुझाबका आधारमा मात्र काम गर्ने, बाढी पहिरो नियन्त्रणका लागि निर्माण गरिएका संरचनाहरुमा बायोइन्जिनियरिङ गर्ने जस्ता काममा जलजंगल परियोजनाले स्थानीय सरकारहरुसँग सहकार्य गरेर काम गर्दै आएको छ ।

मानव वन्यजन्तु द्वन्द्व घटाउनका लागि वन पैदाबारमा आधारित दुना टपरी बनाउने, जटिबुटी खेती गर्ने लगायत उद्यमहरु सञ्चालनमा पनि सहयोग गर्दै आएको जल जंगल परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत प्रमोद सुबेदीले बताए ।

त्यसैगरी डढेलो नियन्त्रणका लागि सामुदायिक वन क्षेत्रमा अग्नी रेखा निर्माण गर्ने, झाडी सफा गर्ने, घाँसे मैदान ब्यवस्थापन गर्ने जस्ता कायममा पनि समुदाय तहमा सहकार्य गरेर काम गर्दै आएको छ ।