आज राति ईडीभीको नतिजा आउँदै, यसरी हेर्नुहोस्


सेतोखरी सेतोखरी   शनिबार, वैशाख २२, २०८१
आज राति ईडीभीको नतिजा आउँदै, यसरी हेर्नुहोस्

नेपालगन्ज २२ वैशाख : अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज राती आउने भएको छ । 

नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज(शनिबार) राति ९ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ ।  

Kids Festival 2022
kanti aarogya hospital

आफ्नो कन्फरमेसन नम्बर https://dvprogram.state.gov/ESC मा राखेर ईडीभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसबाहेक अन्य माध्यमबाट ईडीभीको नतिजा हेर्न नमिल्ने पनि दूतावासले स्पष्ट पारेको छ । 

अमेरिकाले आफ्नो देशमा विश्वका विभिन्न मुलुकका नागरिकलाई भित्र्याउन हरेक वर्ष ईडीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।