अक्षयको ‘मिसन मंगल’ ले राख्यो रेकर्ड


अक्षयको ‘मिसन मंगल’ ले राख्यो रेकर्ड

मुम्बई– बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मंगल’ उनको करिअरको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । भारतीय मिडियाका अनुसार यो फिल्मले पहिलो दिन २९ करोड १६ लाख रुपैयाँ बराबरको कमाइ गरेको छ ।

यो कमाइ अक्षय कुमारका अन्य फिल्मका तुलनामा बढी हो । योसँगै अक्षयले आफ्ना अन्य फिल्मको ओपनिङ रेकर्ड तोडेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि सन् २०१६ मा रिलिज भएको फिल्म ‘रुस्तम’ ले १४ करोड ११ लाख कमाइ गरेको थियो भने सन् २०१७ मा रिजि भएको ‘ट्वाइलेट एक प्रेमकथा’ ले १३ करोड १० लाखको कमाइ गरेको थियो ।

सन् २०१८ मा प्रदर्शनमा आएको अक्षयको फिल्म ‘गोल्ड’ ले २५ करोड २५ लाख कमाइ गरेको थियो । पछिल्लो समय अक्षय कुमार देशभक्ति फिल्ममा बढी केन्द्रित छन् । उनले धेरैजसो हिट फिल्म छन् ।