पत्रकार महासंघको अगुवाईमा सरसरफाई कार्यक्रम (फोटो फिचर)


सेतोखरी सेतोखरी   शनिबार, वैशाख २२, २०८१
पत्रकार महासंघको अगुवाईमा सरसरफाई कार्यक्रम (फोटो फिचर)

नेपालगन्ज २२ वैशाख : नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाईमा नेपालगन्जमा सरसफाई कार्यक्रम गरिएकोछ। नेपालगन्जको विपी चोकदेखि कारकाँदोसम्मको क्षेत्रमा शनिबार विहान सरसफाई कार्यक्रममा गरिएको हो । 

नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय बाँके र मल्हम पट्टी मर्निङ वाक ग्रुपसंगको सहकार्यमा उक्त सरसफाई कार्यक्रम सम्पन्न गरेकोछ । 

fnj_sadak_sarsafai_2-1714826853.jpg
पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोद भण्डारीको अगुवाईमा शनिबार विहान ६ बजे विपी चोकबाट सुरु भएको उक्त सरसफाई कार्यक्रम कारकाँदो चोकसम्म पुगेको थियो ।

fnj_sadak_sarsafai_3-1714826874.jpg
हातमा झाडु, कुचो, तसला, फरुवा लिएर नेपालगन्ज– कोहलपुर सडकखण्डको दायाँबायाँ सरसफाई गरिनुका साथै सडक र ग्रिनबेल्टमा रहेका फोहोर, ढुङ्गा, इट्टा हटाइएको थियो । महासंघ बाँकेका अध्यक्ष भण्डारीका अनुसार सडमा त्यसरी छरपस्ट छरिएका ढुङ्गा, इटा र फोहोरले सडक दुर्घटनाको जोखिम बढाउनुको साथै सहर कुरुप देखिएको थियो । 

Kids Festival 2022
kanti aarogya hospital

fnj_sadak_sarsafai_4-1714826899.jpg
सो सरसफाई कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्कीसहित मल्हम पट्टी मर्निङ वाक ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो । 

fnj_sadak_sarsafai_5-1714826920.jpg
fnj_sadak_sarsafai_6-1714826939.jpg