नेपालगन्ज २२ वैशाख : नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाईमा नेपालगन्जमा सरसफाई कार्यक्रम गरिएकोछ। नेपालगन्जको विपी चोकदेखि कारकाँदोसम्मको क्षेत्रमा शनिबार विहान सरसफाई कार्यक्रममा गरिएको हो ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय बाँके र मल्हम पट्टी मर्निङ वाक ग्रुपसंगको सहकार्यमा उक्त सरसफाई कार्यक्रम सम्पन्न गरेकोछ ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोद भण्डारीको अगुवाईमा शनिबार विहान ६ बजे विपी चोकबाट सुरु भएको उक्त सरसफाई कार्यक्रम कारकाँदो चोकसम्म पुगेको थियो ।

हातमा झाडु, कुचो, तसला, फरुवा लिएर नेपालगन्ज– कोहलपुर सडकखण्डको दायाँबायाँ सरसफाई गरिनुका साथै सडक र ग्रिनबेल्टमा रहेका फोहोर, ढुङ्गा, इट्टा हटाइएको थियो । महासंघ बाँकेका अध्यक्ष भण्डारीका अनुसार सडमा त्यसरी छरपस्ट छरिएका ढुङ्गा, इटा र फोहोरले सडक दुर्घटनाको जोखिम बढाउनुको साथै सहर कुरुप देखिएको थियो ।

सो सरसफाई कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्कीसहित मल्हम पट्टी मर्निङ वाक ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?