क्रिष्टिनाले कमाल गर्लिन् त ?


क्रिष्टिनाले कमाल गर्लिन् त ?

काठमाडौं – क्रिष्टिना गुरुङ ‘प्रेम गीत ३’ मा नायिकाका रुपमा छनोट भएपछि यतिबेला उनको खुबै चर्चा छ । यस वर्षको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ मा उनी अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् ।

उनले दर्शकको ध्यान तान्नका लागि कोशिश पनि गरिरहेकी छिन् । त्यसो त नेपाली फिल्म क्षेत्रमा एउटा फिल्मबाट आउने र हराउने नायिकाहरु निकै धेरै छन् ।

आसुसेन फिल्मसकै ब्यानरबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका नायिकाहरु पनि अहिले गुमनाम छन् । यसअघि चलचित्र ‘मेरी मामु’ मा देखिएकी अभिनेत्री कुसुम गुरुङको पनि खुबै सम्भावना छ भनिएको थियो । तर, उनी अन्य फिल्ममा त्यसपछि देखिइनन् । अर्की अभिनेत्री अश्लेषा ठकुरी पनि खासै चर्चामा छैनिन् । अश्लेषाले चलचित्र ‘प्रेम गीत २’ मा गीतको भूमिका निभाएकी थिइन् । उनको पनि अहिले चर्चा हुनछाडेकोछ ।

यसरी हेर्दा क्रिष्टिनालाई पनि अबको यात्रा सजिलो छैन । किनकि, फिल्ममा जम्नका लागि रुप भएर मात्र हुँदैन । दर्शकको मन जित्न अभिनय नै राम्रो गर्नुृपर्ने हुन्छ । अब उनले फिल्ममा कस्तो अभिनय गर्नेछिन् त्यो त हेर्न बाँकी छ ।

Kids Festival 2022
kanti aarogya hospital

जे होस्, अहिले भने फिल्ममा क्रिष्टिनाले राम्रो गर्नेछिन् भन्नेमा चाहिँ धेरैको विश्वास छ । यो विश्वास यकिनमा परिर्वतन हुन त उनि अभिनित चलचित्र हेर्नैपर्छ ।