बाँकेसहित देशभरका ५१९ प्रहरी निरीक्षकको सरुवा


सेतोखरी सेतोखरी   बिहीबार, वैशाख २७, २०८१
बाँकेसहित देशभरका ५१९ प्रहरी निरीक्षकको सरुवा

नेपालगन्ज २७ वैशाख : नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको निर्णय गरेका हुन् । त्यसमध्ये केही काजमा रहेका छन् ।

सरुवा भएकाहरूले जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् । यसरी सरुवा हुनेमा जिल्ला प्रहरी कार्यालय बाँके मानवश्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक निरञ्जन घिमिरेसहित ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका महेश कुमार आचार्य, ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेका राजन रायमाझी, लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेका प्रहरी निरीक्षक गणेश खनाल, नेपाल प्रहरी प्रदेश कार्यालय विशेष इकाई सुर्खेत हाल नेपालगन्ज बाँकेका दाम प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेका पवन कुमार परियार तथा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत हाल कोहलपुर बाँकेका विजय चापागाईको सरुवा भएकोछ ।