नीताको चर्चा किन हुन छोड्यो ?


नीताको चर्चा किन हुन छोड्यो ?

काठमाडौं–पछिल्लो समय भने नीताको चर्चा झण्डै शून्यजस्तै छ । त्यसो त नीता खासै फण्डा गर्न नजान्ने नायिका पनि हुन् । नेपाली फिल्म उद्योगमा भने जसले फण्डा गर्न जानेको छ, उही अगाडि आउने गर्छ ।

नायिका नीता ढुंगानाको केही वर्षअघिसम्म पनि राम्रो चर्चा हुने गर्थ्यो । खासै खुलेर नबोल्ने यी नायिकाले चलचित्र ‘पञ्चायत’ मा गरेको अभिनयका कारण पनि राम्रो तारिफ बटुलिन् ।

हालै रिलिज भएको चलचित्र ‘साइनो’ ले पनि खासै चर्चा कमाएन । अर्कोतिर फिल्ममा नीता पनि थिइन् तर, उनको चर्चा नै भएन । बरु उनलाई मिरुनाले रिप्लेस गरिन् । अर्को चलचित्र ‘मारुनी’ मा पनि नीता ढुङ्गानाको अभिनय छ । तर, उनको कुनै चर्चा नै छैन ।

फिल्म घोषणाका बेला नीता खुबै उत्सुक देखिएकी थिइन् । तर अहिले उनको चर्चा छैन, फिल्मको चर्चा भयो भने पनि साम्राज्ञी शाहको चर्चा हुन्छ । नीता ओझेलमा पर्छिन् ।

Kids Festival 2022
kanti aarogya hospital

कतिपयको धारणा के छ भने निता ओझेलमा पर्नुको कारण फिल्म छान्न नजानेर पनि हो तर, नीताका हातमा अहिले करिअरलाई माथि उठाउने कुनै फिल्म छैनन् । अझै केही वर्ष नीताले यस्तै फिल्ममा काम गरिन् भने कतै उनको करिअर नै धरमराउने त होइन ?