महासंघद्वारा रक्तदान


महासंघद्वारा रक्तदान

नेपालगन्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले शनिबार रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेको केन्द्रकी स्टाफ नर्स गुञ्ज कनोजियाले बताईन् ।

महासंघ बाँकेका अध्यक्ष शालिक सुवेदीले संघले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताए । ‘रगत अभावले कुनै पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो, रगत दान गर्ने संस्कारलाई बढवा दिन हामीले संस्थागत रुपमा रक्तदान कार्यक्रम राखेका हौं,’ अध्यक्ष सुवेदी भने ।

Kanti Aarogya Hospital Nepalgunj

क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले पछिल्लो समय संघ संस्थाले बाक्लै मात्रामा रक्तदान कार्यक्रम गरिरहँदा रगत अभाव नभएको बताएका छन् ।