नेपालगन्ज ४ जेठ : नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्रकाशन गरेको भित्तपात्रो विमोचन गरिएकोछ ।
नेपालगन्जमा शुक्रबार भएको एक कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल तथा युनियन लुम्बिनी प्रदेशका कार्याबहाक अध्यक्ष जयसिंह केसी लगायतले उक्त भित्तेपात्रो विमोचन गरेका हुन् ।
उक्त कार्यक्रममा विशिष्ट अतिथी एवम् नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रिय अध्यक्ष अर्जुन गिरी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
युनियन लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष जयसिंह केसीको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा स्वागत मन्तब्य सदस्य गौरव गिरीले गरेका थिए, भने सञ्चालन महासचिव नविन गिरीले गरेका थिए ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?