उखरमाउलो नेपालगन्जको गर्मीमा अघोषित ‘लोडसेडिङ’, सर्वसाधारणलाई सास्ती 


सेतोखरी सेतोखरी   आइतबार, जेठ ६, २०८१
उखरमाउलो नेपालगन्जको गर्मीमा अघोषित ‘लोडसेडिङ’, सर्वसाधारणलाई सास्ती 

नेपालगन्ज ६ जेठ : यतिबेला नेपालगन्ज देशकै अत्यधिक गर्मीले काकाकुल बनेकोछ । प्रचण्ड गर्मीकाबीच पछिल्ला दिन नेपालगन्जमा विद्युत आपूर्ति अनियमितता हुँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

दिनहुँ नेपालगन्जको तपाक्रमको पारा चढ्दोछ, गर्मीबाट काकाकुल बनेका सर्वसाधरण सितलता प्राप्तीका लागि विभिन्न उपाय अपनाइरहदाँ कम भोल्टेज, झ्यप्प झ्याप्प बत्ति काटिनु र घण्टौँसम्म विद्युत नआउनुले नेपालगन्जबासी सास्ती भोग्दै आइरहेका छन् ।

नेपाल विद्युत प्राधिकरणको लापरबाही र गैरजिम्मेवारी ढंगबाट बत्ति अनियमित गर्दा यहाँका सर्वसाधरण दिग्दार भएका हुन् । गर्मीका कारण नवजात शिशु, सुत्केरी महिला, साना बालबालिका, विरामी, बृद्धबृद्धाहरुलाई ठूलो समस्या भएकोछ । उनीहरु कम भोल्टेज, झ्याप–झ्याप बत्ति काटिनु तथा एकपटक बत्ति काटिएपछि ३–४ घण्टा पछि आउँ राम्रोसम्म सुत्न, आराम गर्न र काम गर्न सकिरहेका छैनन् ।

नेपालगन्जको तपाक्रम ४२ डिग्री माथि छ । चर्को गर्मी खेपिरहेका स्थानीयले विद्युत कार्यालयले नियमित रूपमा विद्युत आपूर्ति नगर्दा र झ्यापझ्याप बत्ती काट्दा यसको बारेमा जानकारी लिन विद्युत कार्यालयमा फोन गर्दा फोन ‘ब्यस्त’ बनाउने र फोन रिसिभ गरेपनि अभद्ररुपमा बोल्दै अपुरो जानकारी दिने गरेको स्थानीयबासीको भनाईछ । 

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जका स्थानीयहरूले विद्युत कार्यालयले चर्को गर्मीमा पनि विद्युत नियमित आपूर्ति नगरेको भन्दै चर्को विरोध जनाइरहेका छन् । अत्यधिक गर्मीका साथै तातो हावाबाट पीडित बनेका नेपालगन्जबासीहरुले विद्युत कार्यालयले नियमितरुपमा विद्युत आपूर्ति गर्नुपर्ने माग छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरञ्जीवी ओलीले दैनिक घण्टौँसम्म अघोषितरुपमा लोडसेडिङ गरेर बिहानदेखि रातीसम्म पटक–पटक लाइन काटिँदा उद्योगी, व्यवसायी तथा सर्वसाधारणले सास्ती खेपिरहनुपरेको बताए ।

‘बिना जानकारी १०–१० मिनेटमा लाइन काटेको छ, कार्यालय प्रमुखको फोन रेस्पोन्स छैन, कार्यालयका अन्य नम्बरहरू सबै व्यस्त छ, नेपालगन्जको चर्को गर्मीमा यसरी जनता कसरी बाँच्ने हो ?” उपाध्यक्ष ओलीले भने ।

यता नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले अन्य दिनभन्दा शनिबार नेपालगन्जको तापक्रम उच्च भएका कारण विद्युत आपूर्ति व्यवस्थापनमा समस्या आएको दावि गरेकोछ ।  अत्यधिक गर्मीका कारण विद्युत माग बढ्न जाँदा ट्रान्समिसन लाइन तथा सबस्टेसन ट्रान्सफर्मरमा लोड म्यानेज गर्नका लागि शनिबार दिउँसो केही समयका लागि विद्युत आपूर्तिमा समस्या भएको दाविछ । 

शनिबार राती विद्युत लाईन काँटिदाँ नेपालगन्जको केही क्षेत्र ‘ब्लाकआउट’ समेत बनेको थियो । तर, यस विषयलाई समते विद्युत कार्यालय आफ्नो बचाउ गर्दै एउटा ट्रान्सफर्मर पड्किँदा विद्युत अवरुद्ध हुन पुगेको बताएकोछ ।

१०–१० मिनेटको समयमा बत्ती आउने जाने गरेको समस्या यहाँबाट नभई राष्ट्रिय प्रसारण लाइनबाटै हुने गरेको वितरण केन्द्रको दाविछ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जले जनाएको छ ।