नेपालगन्ज ७ जेठ : नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । सोमबार घोषणा गरिएको मतगणना अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित बने । उनका निकटतम प्रतिद्वन्द्वी डिल्ली विसी एक स ५४ मतमा चित्त बुझाउनु प¥यो । गुरुङले एक सय ३७ मतको अन्तरले विसीलाई पराजीत गरेका हुन् ।
यसैगरी, उपाध्यक्ष पदमा लुम्बिनी प्रदेश सरकारका मन्त्री समेत रहेका रत्न खत्री विजयी भए । खत्रीले तीन सय १३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रबिन्द्र लम्सालले एक स ३८ मत प्राप्त गरे । सचिव पदमा कोहलपुरका बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गर्दै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कोहलपुरकै खिलप्रसाद भुषालले एक सय १७ मत, खजुरा गाउँपालिकाका भीम ओलीले ९५ र नेपालगन्जका दत्त प्रसाद आर्चायले ८८ मत प्राप्त गरे ।
महिला उपमहासचिवतर्फ कोहलपुरकी निर्मला सुनारले एक सय ९८ मतसहित जित हाँसिल गरिन् । उनका निकटम प्रतिस्पर्धी बैजनाथ गाउँपालिकाकी शारदा रेग्मी विश्वकर्माले एक सय ३४ र नेपालगन्जकी रचना श्रेष्ठले एक सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जनाएको छ ।
यसैगरी उपमहासचिव खुलातर्फ भने किशोर थापाले २ सय ६३ मतसहित जित हाँसिल गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का निर्वाचि वडाअध्यक्ष समेत रहेका दीपक कुमार बर्माले एक सय २९ मत र नरैनापुरका सोहनलाल यादवले ४५ मत प्राप्त गर्दै चित्त बुझाउनु प¥यो ।
निर्वाचन अघि अन्तिम समयसम्म एमाले बाँकेको नवौं महाधिवेशन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो । अध्यक्षमा लगायतका पदमा एकभन्दा धेरै उम्मेदवारी परेपछि सर्वसम्मतको प्रयास असफल बन्दा निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निरक र डिल्लीबिच नेतृत्वका लागि कडा प्रतिस्पर्धा भएको थियो ।
कक्षपतिले निरकलाई सार्वजनिक रुपमा समर्थन गरेका थिए । निर्वाचनको चरण सुरुहुनै लाग्दा अन्तिम समयमा निर्वाचन मण्डलको नियन्त्रणमा रहेको माइक प्रयोग गरेर कक्षपतिले आफनो समर्थन निरक लगायतका व्यक्तिलाई रहेको भनेर अभिव्यक्ति दिएपछि निर्वाचन स्थलमा केहिबेर विवाद भएको थियो ।
बाँके एमालेको नयाँ नेतृत्व छनोटका लागि ४ सय ६८ जना प्रतिनिधि मध्ये ४ सय ५८ जनाले मतदान गरेको निर्वाचन अधिकृत भेषराज बस्नेतले बताए । जेठ ४ गतेदेखि एमाले बाँकेको जिल्ला अधिवेशन सुरु भएको थियो । एमाले बाँकेको नेतृत्व चयनका लागि यो दोस्रो पटक निर्वाचन भएको हो । यसअघि सातौं अधिवेशनमा पदम धिताल र अशोक कोइरालाबिच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । जसमा कोइरालाले जित हाँसिल गरेका थिए ।
यसैबीच नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बन्द शत्रमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला(महिला)मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती)मा अंकित श्रेष्ठ, सदस्य(दलित)मा लिलमान दमाई, सदस्य (मधेसी)मा लालतारा (अजय गद्दी), सदस्य (युवा पुरुष)मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला)मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला)मा सुनेना मिश्र, सदस्य खुला (पुरुष)मा पारशनाथ पाण्डे, सदस्य (मधेसी)मा राजकुमार तिवारी, सदस्य (युवा)मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम)मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन् ।
डुडुवा गाउँपालिकाबाट सदस्य खुला(पुरुष)मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला(महिला)मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित(महिला)मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित(पुरुष)मा बुद्धिबहादुर बिक, सदस्य युवा (पुरुष)मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला)मा तलतप्रविण खान, सदस्य युवा(महिला)मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती जनजाती महिला)मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् ।
जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला)मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला(पुरुष)मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवा)मा हिमान्सु यादव र सदस्य आदिवासी जनजाती)मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसी)मा साविर जोलाह, सदस्य (मुस्लिम)मा जैनुल आवद्धिन खाँ, सदस्य (महिला)मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला(महिला)मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला)मा मनमाया चुनारा र सदस्य युवा (महिला)मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् ।
सदस्य जिल्ला खुला (महिला)मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला)मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु (पुरुष)मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु(महिला)मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज बस्नेतले बताए ।
त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भएका हुन् । यि बाहेक अन्य पदमा भने मतदान भएको हो ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल