निरक गुरुङ बने एमाले बाँकेको अध्यक्ष


सेतोखरी सेतोखरी   सोमबार, जेठ ७, २०८१
निरक गुरुङ बने एमाले बाँकेको अध्यक्ष

नेपालगन्ज ७ जेठ :  नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । सोमबार घोषणा गरिएको मतगणना अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित बने । उनका निकटतम प्रतिद्वन्द्वी डिल्ली विसी एक स ५४ मतमा चित्त बुझाउनु प¥यो । गुरुङले एक सय ३७ मतको अन्तरले विसीलाई पराजीत गरेका हुन् । 

यसैगरी, उपाध्यक्ष पदमा लुम्बिनी प्रदेश सरकारका मन्त्री समेत रहेका रत्न खत्री विजयी भए । खत्रीले तीन सय १३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रबिन्द्र लम्सालले एक स ३८ मत प्राप्त गरे । सचिव पदमा कोहलपुरका बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गर्दै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कोहलपुरकै खिलप्रसाद भुषालले एक सय १७ मत, खजुरा गाउँपालिकाका भीम ओलीले ९५ र नेपालगन्जका दत्त प्रसाद आर्चायले ८८ मत प्राप्त गरे ।

महिला उपमहासचिवतर्फ कोहलपुरकी निर्मला सुनारले एक सय ९८ मतसहित जित हाँसिल गरिन् । उनका निकटम प्रतिस्पर्धी बैजनाथ गाउँपालिकाकी शारदा रेग्मी विश्वकर्माले एक सय ३४ र नेपालगन्जकी रचना श्रेष्ठले एक सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जनाएको छ ।

यसैगरी उपमहासचिव खुलातर्फ भने किशोर थापाले २ सय ६३ मतसहित जित हाँसिल गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का निर्वाचि वडाअध्यक्ष समेत रहेका दीपक कुमार बर्माले एक सय २९ मत र नरैनापुरका सोहनलाल यादवले ४५ मत प्राप्त गर्दै चित्त बुझाउनु प¥यो । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

निर्वाचन अघि अन्तिम समयसम्म एमाले बाँकेको नवौं महाधिवेशन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो । अध्यक्षमा लगायतका पदमा एकभन्दा धेरै उम्मेदवारी परेपछि सर्वसम्मतको प्रयास असफल बन्दा निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निरक र डिल्लीबिच नेतृत्वका लागि कडा प्रतिस्पर्धा भएको थियो । 

कक्षपतिले निरकलाई सार्वजनिक रुपमा समर्थन गरेका थिए । निर्वाचनको चरण सुरुहुनै लाग्दा अन्तिम समयमा निर्वाचन मण्डलको नियन्त्रणमा रहेको माइक प्रयोग गरेर कक्षपतिले आफनो समर्थन निरक लगायतका व्यक्तिलाई रहेको भनेर अभिव्यक्ति दिएपछि निर्वाचन स्थलमा केहिबेर विवाद भएको थियो ।

बाँके एमालेको नयाँ नेतृत्व छनोटका लागि ४ सय ६८ जना प्रतिनिधि मध्ये ४ सय ५८ जनाले मतदान गरेको निर्वाचन अधिकृत भेषराज बस्नेतले बताए । जेठ ४ गतेदेखि एमाले बाँकेको जिल्ला अधिवेशन सुरु भएको थियो । एमाले बाँकेको नेतृत्व चयनका लागि यो दोस्रो पटक निर्वाचन भएको हो । यसअघि सातौं अधिवेशनमा पदम धिताल र अशोक कोइरालाबिच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । जसमा कोइरालाले जित हाँसिल गरेका थिए ।

यसैबीच नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बन्द शत्रमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला(महिला)मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती)मा अंकित श्रेष्ठ, सदस्य(दलित)मा लिलमान दमाई, सदस्य (मधेसी)मा लालतारा (अजय गद्दी), सदस्य (युवा पुरुष)मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला)मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला)मा सुनेना मिश्र, सदस्य खुला (पुरुष)मा पारशनाथ पाण्डे, सदस्य (मधेसी)मा राजकुमार तिवारी, सदस्य (युवा)मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम)मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन् । 

डुडुवा गाउँपालिकाबाट सदस्य खुला(पुरुष)मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला(महिला)मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित(महिला)मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित(पुरुष)मा बुद्धिबहादुर बिक, सदस्य युवा (पुरुष)मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला)मा तलतप्रविण खान, सदस्य युवा(महिला)मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती जनजाती महिला)मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् । 

जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला)मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला(पुरुष)मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवा)मा हिमान्सु यादव र सदस्य आदिवासी जनजाती)मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसी)मा साविर जोलाह, सदस्य (मुस्लिम)मा जैनुल आवद्धिन खाँ, सदस्य (महिला)मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला(महिला)मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला)मा मनमाया चुनारा र सदस्य युवा (महिला)मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् । 

सदस्य जिल्ला खुला (महिला)मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला)मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु (पुरुष)मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु(महिला)मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज बस्नेतले बताए । 

त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भएका हुन् । यि बाहेक अन्य पदमा भने मतदान भएको हो ।