नेपालगन्ज–गुलरिया सडक : ६५ प्रतिशत काम पूरा


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १०, २०८१
नेपालगन्ज–गुलरिया सडक : ६५ प्रतिशत काम पूरा

नेपालगन्ज १० जेठ : हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगन्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

नेपालगन्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मंसिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

Care City Hospital Npj
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरू भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।