नेपालगन्ज १३ जेठ : नेपालगन्जमा हुन लागेको मिस्टर एण्ड मिस एसइईको अडिसनबाट १९ जना छनोट भएका छन् । नेपालगन्जमा भएको अडिसनमा प्रतियोगिताका लागि उल्लेखनीय सहभागीता रहेको थियो ।
पिके इभेन्ट्स प्रालीको आयोजनामा मिष्टर एण्ड मिस एसइई तेस्रो संस्करण शनिबारदेखि शुरु भएको हो ।
इभेन्ट्सलाई ब्राण्डीङ गर्दै लैजाने योजनाका साथ तेस्रो संस्करणको अडिसनका लागि ४२ जनाले सहभागिता जनाएको प्रालिका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिए ।
यो प्रतिस्पर्धामा भर्खरै यस वर्ष एसइई दिएको विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् । नेपालगन्जमा हुनेगरेका ब्युटी पेजेन्ट कार्यक्रमहरु मध्य पिके इभेन्ट्सले गर्ने कार्यक्रम बिस्वनीय र गुणस्तरीय हुने गरेकाले पनि सहभागीको अभिभावकहरुले समेत कार्यक्रममा चासो देखाएको पाइन्छ । कौशल सिटी मार्टको मुख्य प्रायोजनमा र होलिल्याण्ड माविको एजुकेशन पार्टनरमा रहेको तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गरिरहेकाछन् ।
प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ । विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्राण्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।
यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’