नेपालगन्ज १४ जेठ : चालु आर्थिक वर्षको ८ महिनामै डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०÷८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार ६ सय २८ सङ्क्रमित भएकोमा ३३ व्यक्तिको मृत्यु भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा डेङ्गुबाट कुल ५४ हजार ५ सय ६१ सङ्क्रमित भएकोमा ८८ व्यक्तिको मृत्यु भएको थियो ।
यस अवधिमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि बहु–निकाय तथा बहु सहकार्य सचेतनामूलक कार्यक्रम सञ्चालन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षण अनुसार ५ सय स्वास्थ्यकर्मीले डेङ्गु रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी अभिमुखीकरण तालिम प्राप्त गरेका छन् ।
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर