बैजनाथ १७ जेठ : नेपाली काँग्रेस बैजनाथ–४ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ४ दर्जन बढी एमालेका स्थानीय नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस बैजनाथ गाउँ पालिका वडा नम्बर–४ का सभापति सुरेश चन्दको अध्यक्षता भएको कार्यक्रममा एमालेका स्थानीय नेता हस्त बहादुर थापा सहित ४१ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेको युवा नेता अमर बिसिले जानकारी दिएका छन् ।
यसरी काँग्रेसमा प्रवेश गर्नेहरुमा अमृता थापा, पृथ्वी थापा, देवबहादुर थापा, नैसरा थापा, कमला थापा, शृजना थापा, तुले बुढा, पानसरा बुढा, गिता बुढा, पदमा थापा, सेतु थापा, भिम बहादुर थापा, हस्त बहादुर थापा, नैनिदेबी थापा, इन्द्रा थापा, गिता थापा, लक्ष्मी थापा, अमृता भण्डारी, सीता रोकाय, सीता थापा, कमला बुढा, रुपा परियार, तिलकन बुढा, शशी देबि बुढा सहित ४१ जना रहेको वडा सदस्य समेत रहेका युवा नेता कर्ण कठायतले जनाएका छन् ।
नब प्रबेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य मेघराज ओलि, क्षेत्र नम्बर–३ का सभापति नकि खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, प्रदेश ‘क’ सभापति केशब शाह, पालिका सभापति देव बहादुर केसि, वडा अध्यक्ष प्रेम शाहीले खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै महासमिति सदस्य ओलिले जनताको जीवनस्तरलाई माथी उठाउँदै लोकतान्त्रिक ब्यवस्थाको संस्थागत बिकासका लागि नेपाली काँग्रेसले आफुलाइ सधै अग्रमोर्चा उभ्याएको बताए ।
नेपाली काँग्रेसले मुलुकलाई समृद्ध बनाउन बाटो घाटो, फुल पुलेसा, शैक्षिक संस्था, बिधुत, सिँचाइ, खानेपानी, सञ्चार, स्वास्थ लगायत जनजीबिकाका सवालमा प्रत्यक्ष प्रभाव पार्ने बिकाश निर्माणमा सधै आफुलाइ खरोरुपमा उतारेको युवानेता ओलिले दाबी गरे ।
महासमिति सदस्य ओलिले पार्टीको आन्तरिक जिवनमा जे जस्ता अपठ्यार दिनहरू आयता पनि काँग्रेसले मुलुक, लोकतन्त्र र जनतालाई धोका दिने काम नगरेको उल्लेख गर्दै जनताको जीवनस्तर र भूगोलको यथार्थ चित्रलाई हृदयगम गर्दै नितिनिर्माण गर्ने क्रममा काँग्रेसले आफुलाइ देश र जनताको हितमा केन्द्रित गरेको कुरामा जोड दिए ।
क्षेत्र नम्बर–३ का सभापति नकि खाँले नेपाली काँग्रेसले झुठको राजनीतिलाई प्रसय नदिने बताउँदै भोटको राजनीति होइन देश र जनताको उत्थानलाई मुख्य प्राथमिकतामा राखेको बताए । वडा सचीव हेमराज थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का सदस्य समेत रहेका वडा अध्यक्ष प्रेम शाही र वडा सदस्य कर्ण कठायत लगायले आआफ्नो भनाइ राखेका थिए ।