नेपालगन्ज २१ जेठ : बाँकेकी कृष्ण केसी ‘नमुना’ पुनः मन्त्री बनेकीछन् । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्रीका रूपमा कृष्णा थपिएकी हुन् ।
लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबण्डा मिलाउन १२ वटा मन्त्रालय पु¥याइएको हो । मुख्यमन्त्री जोख बहादुर महराले सोमबार दिउँसो नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नम्बर– १ (१) बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । चैत २३ गते महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत वैशाख १२ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्दा महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफैँले राखेका थिए ।
नवनियुक्त मन्त्री केसीले आज नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?