डोटीमा जिप दुर्घटना : बालिकासहित २ जनाको मृत्यु, ७ जना घाइते


सेतोखरी सेतोखरी   बुधबार, जेठ २३, २०८१
डोटीमा जिप दुर्घटना : बालिकासहित २ जनाको मृत्यु, ७ जना घाइते

नेपालगन्ज २३ जेठ : डोटीमा जिप दुर्घटना हुँदा एक बालिकासहित २ जनाको मृत्यु भएकोछ ।दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप बुधबार बिहान डोटीमा दुर्घटना हुँदा एक बालिकासहित २ जनाको मृत्यु भएको हो ।

डोटीको भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भयो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन ।

घाइते अवस्था धनगढी पु¥याइएकी दार्चुलाको लेकम गाउँपालिका–६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएकोछ । मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यस्तै दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका– ६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका– ६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी– ३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका –४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते छन् ।

उनीहरूको उपचार जारी भएपनि अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।