कालोसूचीबाट कसरी हट्छन् ग्राहक ? 


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ २५, २०८१
कालोसूचीबाट कसरी हट्छन् ग्राहक ? 

नेपालगन्ज २५ जेठ : बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द छ । चालू आवको वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता ‘ब्लक’ भएको हो । खाता ब्लक हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित हुन्छन् । 

बन्द हुनेमा २०४७ सालयता बैंक तथा वित्तीय संंस्थाहरुमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्समा परेर पनि पैसा नतिर्ने ऋणीहरुको खाता छन् । कर्जा सूचना केन्द्रका अनुसार जेठ २४ गतेसम्म ८९ हजार ग्राहक चेक बाउन्स र ऋण नतिरेका कारण ‘ब्लक’ हुनपुगेका छन् ।  

यो पनि पढ्नुहोस् देशभरका ८९ हजार ग्राहकको बैंक खाता ‘ब्लक’

यसमा चालू आर्थिक वर्षको वैशाखसम्म ४० हजार बैंकका ग्राहक थपिएको केन्द्रले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीहरु यसरी कालोसूचीमा पर्ने गरेका छन् । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

बैंकले धितो लिलाम गरेपछि ऋणीको कर्जा दायित्व सकिएको खण्डमा कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्ने गर्छ । तर, पछिल्लो ८ महिनायता कालोसूचीबाट हट्ने ग्राहकको संख्या निकै थोरै छ । बरु चालू आवमा ऋण नतिरेर कालोसूचीमा पर्ने ग्राहकको संख्या उल्लेख्य बढेको छ ।

केन्द्रका प्रवक्ता विजय कुँवर चालू आर्थिक वर्षमा ऋण नतिरेर र चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको संख्या दोब्बरले बढेको बताउँछन् । ‘अघिल्ला वर्षहरुमा चेक बाउन्सका मात्रै ग्राहकहरु कालोसूचीमा भेटिन्थे। अहिले महिनामै ५÷६ हजारसम्म ऋणीहरु कर्जा नतिरेको कसुरमा कालोसूचीमा पर्न थालेका छन्’, उनले भने ।

ऋण असुलीमा बैंकहरु कमजोर बनिरहँदा चेक बाउन्सका घटनामा वृद्धि देखिएको छ । केन्द्रका अनुसार चेक बाउन्सको कारण कालोसूचीमा पर्नेहरुको संख्या कुल संख्याको ६१ प्रतिशतसम्म छ ।  कालोसूचीमा पर्नेको संख्या यस्तै गतिमा बढ्ने हो भने चालू आव सकिँदासम्म थप ४० हजार ग्राहक कालोसूचीमा पर्ने प्रवक्ता कुँवर बताउँछन् । 

‘आर्थिक वर्ष सकिने समयमा सामान्यभन्दा दोब्बरले कालोसूचीमा राख्न सिफारिस आउने गर्छ’, उनले भने ।