नेपालगन्ज उपमहानगरको सौन्दर्यकरणमा नगरबासीको चासो


सेतोखरी सेतोखरी   सोमबार, जेठ २८, २०८१
नेपालगन्ज उपमहानगरको सौन्दर्यकरणमा नगरबासीको चासो

नेपालगन्ज २८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको सौन्दर्यकरण नभएको भन्दै नगरबासीहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । बास नेपालले नेपालगन्ज उपमहानगरपालिकामा गरेको नागरिक गुनासो संकलन कार्यक्रममा सहभागी नगरबासीहरुले उक्त असुन्तुष्टि जाहेर गरेका हुन् । 

नागरिक गुनासो संकलन कार्यक्रममा सेवाग्रहीहरुले पैदल यात्रीहरुलाई सुरक्षित रुपले हिँडडुल गर्न मिल्ने वातावरण सिर्जना गर्नु पर्ने, सडक पेटी खाली गर्नुपर्ने, पार्किङ ब्यवस्थापनमा ध्यान दिनुपर्ने, छाडा चौपाया ब्यवस्थापनमा पालिकाले ध्यान दिनुपर्ने, जनप्रतिनिधिहरुले राजनितिक पुर्बाहग्रह बिना काम गर्नुपर्ने, नगरका समग्र सुशासनमा ध्यान दिनुपर्ने, फोहोरमैला ब्यवस्थापन गरी हरियाली प्रबद्र्धन गर्नुपर्ने, सार्बजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोगमा रोक लगाउनु पर्ने लगायत गुनासा गरेका छन् ।

यसैगरी पालिकाले सबै कामहरु अनलाईन माध्यामबाट सञ्चालन गर्नुपर्ने, सेवा लिन आएका सेवाग्राहीको कुनै–कुनै काम महिनौ दिनसम्म पनि सम्पन्न नहुने, कर्मचारीहरुले पक्ष बिपक्ष भएर काम गर्ने गरेको जसले गर्दा चिनेका मान्छेको काम छिटो हुने र नचिनेको मान्छेको काम ढिला हुने गरेको, सूचना कक्षको ब्यवस्था नभएको, सेवाग्राही बस्ने ठाउँमा पंखाको ब्यवस्था गरिनुपर्ने, सडकमा ठेलागाडालाई ब्यवस्थापन गर्नुका साथै जथाभावी रिक्सा पार्किङलाई नियन्त्रण गर्नुपर्ने लगायतका रहेका छन् । 

त्यस्तै वडा नम्बर–१० मा बिद्युतका पोलहरुमा जथाभावी तारहरु झुन्ड्याएको, सडकमा बनेका खुला नालामा ढकनको ब्यवस्था नगरेको लगायतका रहेका छन् ।  सेवाग्राहीहरुबाट संकलन गरिएका गुनासाहरु र पालिकाका राम्रा र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा अभिमत संकलन गरी सुधारात्मक प्रक्रियाका लागि कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउन नेपालगन्ज उपमहानगर पालिकाको प्रबेशद्वारमै बसेर पालिकाबाट सेवा लिएर फर्किदै गरेका सेवाग्राहीहरुबाट बास नेपालका स्वयंसेबकहरुले गुनासो संकलन गरेका थिए । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

सेवाग्राहीहरुको प्रत्यक्ष आवतजावत हुने सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुबाट सेवा सम्बन्धि आभिमत संकलन गर्ने उद्देश्यले बास नेपालले उक्त कार्यक्रम गरेको हो । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीको संयोजनमा बास नेपालका नानिमाया देवकोटा, सुमिता कुमाल, संगिता बिक, चन्द्रलाल जैशी र टंक प्रशाद खनालले नागरिक गुनासो संकलन गरेका थिए ।