बृहत रक्तदान गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी 


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २९, २०८१
बृहत रक्तदान गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी 

नेपालगन्ज २९ जेठ : रगत अभावका कारण हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न बृहत रक्तदान गरिने भएकोछ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्जले बृहत रक्तदान कार्यक्रम गर्ने भएको हो । 

विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३२ गते नेपालगन्जस्थित स्वस्तिक कटेजमा संघले बृहत रक्तदान कार्यक्रम गर्न लागिएको अध्यक्ष शिवप्रसाद दाहालले जानकारी दिए । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

दाहालका अनुसार रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको हो । कम्तिमा एक सय पिन्ट रगत संकलन गर्ने गरि बृहत रक्तदान कार्यक्रमको तयारी गरिएकोछ । 

नेपालगन्ज सुर्खेतरोड स्थित स्वस्तिक कटेजमा यही जेठ ३२ गते विहान साढे ८ बजेदेखि रक्तदान गरिदैँछ । उक्त रक्तदानमा बढि भन्दा बढि रक्तदाताको सहभागिताका लागि आमरुपमै सबैलाई आह्वान समेत गरिएको संघका अध्यक्ष दाहालले जानकारी दिए ।