नेपालगन्ज २९ जेठ : रगत अभावका कारण हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न बृहत रक्तदान गरिने भएकोछ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्जले बृहत रक्तदान कार्यक्रम गर्ने भएको हो ।
विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३२ गते नेपालगन्जस्थित स्वस्तिक कटेजमा संघले बृहत रक्तदान कार्यक्रम गर्न लागिएको अध्यक्ष शिवप्रसाद दाहालले जानकारी दिए ।
दाहालका अनुसार रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको हो । कम्तिमा एक सय पिन्ट रगत संकलन गर्ने गरि बृहत रक्तदान कार्यक्रमको तयारी गरिएकोछ ।
नेपालगन्ज सुर्खेतरोड स्थित स्वस्तिक कटेजमा यही जेठ ३२ गते विहान साढे ८ बजेदेखि रक्तदान गरिदैँछ । उक्त रक्तदानमा बढि भन्दा बढि रक्तदाताको सहभागिताका लागि आमरुपमै सबैलाई आह्वान समेत गरिएको संघका अध्यक्ष दाहालले जानकारी दिए ।
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका