नेपालगन्ज २९ जेठ : तीन दिन अगावै नेपाल प्रवेश गरेको मनसुनी प्रणाली कोसी प्रदेशबाट अगाडि बढेको छैन । सोमबार नेपाल भित्रिएको मनसुन मंगलबार बिहानसम्म पनि कोसी प्रदेशमै अड्किएकोछ ।
यतिबेला कोसी प्रदेशमा भने मनसुनी प्रणालीका कारण वर्षा भएको छ । संखुवासभामा २४ मिलिमिटर वर्षा भएको मापन गरिएकोछ । यो प्रदेशका अन्य केही भू–भागमा पनि वर्षा भएको छ ।
यो पनि पढ्नुहोस् नेपाल भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने सम्भावना
मनसुनी प्रणाली देशभर फैलिने औसत समय पाँच दिन हो । तर, हावाको गतिका आधारमा पाँच दिनभन्दा ढिलो वा चाँडो पनि फैलिन सक्छ । मनसुन देशभर फैलिन केही समय लाग्दा यसको प्रभाव तापक्रममा पर्नेछ । आज पनि मध्य र पश्चिम तराईका धेरै स्थानमा तापक्रम उच्च हुनेछ ।
‘तराईका धेरै स्थानमा आज हिजोजस्तो बादल लाग्ने वा बदली हुने सम्भावना कम देखिएको छ,’ मौसमविद् सञ्जीव अधिकारीले भने, ‘पश्चिम तराईका धेरै स्थानमा आज अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहनेछ ।’
‘मनसुन उल्लेख्य रूपमा अगाडि बढ्न सकेको छैन । कोसी प्रदेशका सबै स्थानमा पनि मनसुन फैलिसकेको छैन,’ मौसमविद् अधिकारी भन्छन्, ‘कोसी प्रदेशका धेरै भागमा पुगे पनि सबै भू–भागमा फैलिसकेको छैन ।’
कोसी प्रदेशमा रहेको मनसुनी प्रणाली पश्चिमतर्फ सर्न अझै केही दिन लाग्नेछ । मध्य र पश्चिम तराईमा यो प्रणाली फैलिन अझै केही दिन कुर्नुपर्ने हुन्छ ।
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित