नेपालगन्ज २९ जेठ : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपदमा खोज तथा उद्धारसम्बन्धी चार दिने तालिम दिइएको छ । विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको छ ।
रुखबिरुवा ढलेर वा भित्ता भत्किएको बेला रुख, भित्ता र टिनका पाता काट्ने तरिका, घरभित्र फसेकालाई बाहिर ल्याउने र घाइतेहरुको उद्धार तथा उपचारका लागि अस्पताल पुर्याउनेलगायत विषयमा तालिम प्रदान गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद समितिका संयोजक समीरप्रताप सिंहले बताए । बाँकेको शम्शेरगञ्जस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा आयोजित तालिममा २० जना नगर प्रहरी सहभागी थिए ।
उनीहरुलाई प्रयोगात्मक अभ्यास गराइएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार प्रहरी केन्द्रमा तालिमका लागि नमूना माटोको घर, भित्ता, टिनको छानालगायत सामग्री निर्माण गरिएको थियो । नगरप्रहरीलाई तालिम प्राप्त सशस्त्र प्रहरीहरुले तालिम प्रदान गरेका थिए ।
नेपालगन्जमा विपदका बेला नगर प्रहरीलाई दक्ष तथा सतर्क बनाइ तयारीका साथ राख्न तालिम प्रदान गरिएको नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले बताए ।
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका