नगर प्रहरीलाई खोज तथा उद्धार तालिम


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २९, २०८१
नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

नेपालगन्ज २९ जेठ : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपदमा खोज तथा उद्धारसम्बन्धी चार दिने तालिम दिइएको छ । विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको छ । 

रुखबिरुवा ढलेर वा भित्ता भत्किएको बेला रुख, भित्ता र टिनका पाता काट्ने तरिका, घरभित्र फसेकालाई बाहिर ल्याउने र घाइतेहरुको उद्धार तथा उपचारका लागि अस्पताल पुर्याउनेलगायत विषयमा तालिम प्रदान गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद समितिका संयोजक समीरप्रताप सिंहले बताए । बाँकेको शम्शेरगञ्जस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा आयोजित तालिममा २० जना नगर प्रहरी सहभागी थिए । 

उनीहरुलाई प्रयोगात्मक अभ्यास गराइएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार प्रहरी केन्द्रमा तालिमका लागि नमूना माटोको घर, भित्ता, टिनको छानालगायत सामग्री निर्माण गरिएको थियो । नगरप्रहरीलाई तालिम प्राप्त सशस्त्र प्रहरीहरुले तालिम प्रदान गरेका थिए । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

नेपालगन्जमा विपदका बेला नगर प्रहरीलाई दक्ष तथा सतर्क बनाइ तयारीका साथ राख्न तालिम प्रदान गरिएको नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले बताए ।