विश्व कीर्तिमान धारक डाक्टर उपाध्यायलाई भारतको इन्दोरमा अवार्ड


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २९, २०८१
विश्व कीर्तिमान धारक डाक्टर उपाध्यायलाई भारतको इन्दोरमा अवार्ड

नेपालगन्ज २९ जेठ : विश्व कीर्तिमान धारक डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा अवार्ड प्रदान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी डा. उपाध्यायलाई एक विशेष समारोहमा सम्मान गरिएको थियो ।

सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा विक बजाज, डा जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जित लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । १ सय ५३ विश्व कीर्तिमान कायम गरेकोमा डा उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै उनका एक दर्जनभन्दा बढी उपन्यास, तीन गीतका पुस्तक र ३६ एल्बम प्रकाशित छन् । ‘दुई भन्नु पञ्चास्को हरहरिमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।