अच्युतराज सुवेदी स्मृती प्रतिष्ठानद्वारा बृहत रक्तदान, एकै दिन संकलन भयो तीस पिन्ट रगत


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २९, २०८१
अच्युतराज सुवेदी स्मृती प्रतिष्ठानद्वारा बृहत रक्तदान, एकै दिन संकलन भयो तीस पिन्ट रगत

नेपालगन्ज २९ जेठ : रगत अभाव खड्किरहेको नेपालगन्जमा तीस पिन्ट रगत संकलन भएकोछ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले नेपालगन्जमा मङ्गलबार गरेको बृहत रक्तदानमा उक्त रगत संकलन भएको हो ।

रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ बृहत रक्तदान गरिएको हो । प्रतिष्ठानले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल रहेका रक्तदाताहरुले रक्तदान गरेका हुन् । 

पछिल्लो समय बाँकेमा रगत अभाव हुँदा बिरामीलाई रगतको सहज पूर्तीका लागि प्रतिष्ठानले बृहत रक्तदान गरेको हो ।