भन्सारको ब्यारियल रातिमा खोल्नुपर्ने भन्दै एमाले बाँकेका उपसचिव थापाले गराए सिडिओलाई ध्यानाकर्षण


सेतोखरी सेतोखरी   बुधबार, जेठ ३०, २०८१
भन्सारको ब्यारियल रातिमा खोल्नुपर्ने भन्दै एमाले बाँकेका उपसचिव थापाले गराए सिडिओलाई ध्यानाकर्षण

नेपालगन्ज ३० जेठ : नेपालगन्ज भन्सार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिको समयमा खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन नेकपा एमाले बाँकेका उपसचिव किशोर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर उपसचिव थापाले जमुनाह नाकाको ब्यारियल रातिको समयमा बन्द हुने भएकोले त्यसको करिब एक किलोमिटर वर भन्सारले ब्यारियल लगाएर आवातजावत रोक्नु कुनै प्रकारले जायज नभएको बताए । 

‘अन्तर्राष्ट्रिय सीमा नाका जमुनाह त बन्द हुने नै भयो । रातिमा त्यो बन्द हुँदाहुँदै एक किलोमिटर वर रहेको भन्सारले ब्यारियल लगाएर कुन प्रयोजनका लागि राति आवातजावत बन्द गर्नुपरेको हो सम्बन्धित निकायले पुष्टि गर्न सकेका छैनन्’– सिडिओलाई ध्यानाकर्षण गराउँदै थापाले भने ।

यसरी औचित्यहिन र अनुपयुक्त तरिकाले रातिको समयमा भन्सारको ब्यारियल बन्द गर्दा सीमाक्षेत्रका बीस हजार नागरिक प्रत्यक्षरुपमा प्रभावित भएको उपसचिव थापाले बताए । ‘जमुनाह नाकादेखि भन्सारको बिचमा ठुलो संख्यामा नागरिक बसोबास गर्छन् । रातिको समयमा दुखबिरामी पर्दा समेत उनीहरुलाई ब्यारियल काट्न धौ–धौ पर्छ’– थापाले अगाडी भने,–‘जमुनाह नाका बन्द गर्दागर्दै भन्सारको ब्यारियल पनि बन्द गर्नुपर्ने औचित्य नभएकोले तत्काल रातिमा बन्द गर्ने ब्यवस्था हटाउन पहल गर्नुहोला ।’ 

Kanti Aarogya Hospital Nepalgunj

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा राति दस बजे बन्द हुन्छ भने बिहान छ बजे खुल्छ । नेपालतर्फ सीमानाका जमुनाह सहित एक किलोमिटर वर रहेको भन्सार समेत बन्द हुन्छ । त्यसरी बन्द हुँदा भन्सार र जमुनाहसम्म बसोबास गर्ने सर्बसाधारणलाई मर्का परेको छ ।  

यसअघि उक्त ब्यारियलमा ठोक्किएर मोटरसाईकल यात्रुको निधन समेत भईसकेको छ । औचित्य नभएकाले ब्यारियल रातिमा बन्द नगर्न माग गर्दै उपसचिव थापाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् । प्रमुख जिल्ला अधिकारी रिजालले यो बिषयमा पहल गर्ने बताए ।