एएसपीमा बढुवा भएका बाँकेका पूर्व प्रहरी प्रमुख अधिकारीको कैलाली प्रदेशमा पदस्थापना


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ३२, २०८१
एएसपीमा बढुवा भएका बाँकेका पूर्व प्रहरी प्रमुख अधिकारीको कैलाली प्रदेशमा पदस्थापना

नेपालगन्ज ३२ जेठ : प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका चार प्रहरी अधिकृतको पदस्थापन गरिएको छ ।

बिहीबार गृह मन्त्रीस्तरीय निर्णयटबाट चार एसएसपीको पदस्थापन गरिएको हो । एसएसपी श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा, धनगढी कैलालीमा पदस्थापन गरिएको छ । एसएसपी अधिकारीले यसअघि बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । 

Kanti Aarogya Hospital Nepalgunj

यस्तै रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा पोखरामा पदस्थापन गरिएको छ ।

अर्का एसएसपी भीम बहादुर दाहालको भने कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा पदस्थापन भएको छ । भने नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।