नेपालगन्ज ३२ जेठ : प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका चार प्रहरी अधिकृतको पदस्थापन गरिएको छ ।
बिहीबार गृह मन्त्रीस्तरीय निर्णयटबाट चार एसएसपीको पदस्थापन गरिएको हो । एसएसपी श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा, धनगढी कैलालीमा पदस्थापन गरिएको छ । एसएसपी अधिकारीले यसअघि बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
यस्तै रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा पोखरामा पदस्थापन गरिएको छ ।
अर्का एसएसपी भीम बहादुर दाहालको भने कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा पदस्थापन भएको छ । भने नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा