नेपालगन्ज ५ असारः भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डाक्टर बद्री चापागाईँको सरुवा भएको छ ।
अस्पतालका पुर्वमेडिकल सुपरिटेण्डेन्ट रहेका एघारौं तहका डाक्टर चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको २०८१ जेठ २३ गतेको निर्णय अनुसार सरुवा गरिएको हो ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत रामप्रसाद ओलीका अनुसार डाक्टर चापागाईँलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा खटाइएको छ ।
डाक्टर चापागाईलाई खटिएकै निकायबाट तलब, भत्ता भुक्तानी हुने गरी सरुवा गरिएको शाखा अधिकृत ओलीले पत्रमा उल्लेख गरेका छन् ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले सोही मितिमा निर्णय गरेर अस्पतालका फार्मेसी सुपरभाईजर निरीक्षक (छैठौं तह) अविनाश गुप्ता र फार्मेसी सुपरभाइजर(पाँचौ तह) दिनेश दमाई नेपालीको पनि सरुवा गरेको छ ।
गुप्तालाई औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज र नेपालीलाई गेटा अस्पताल कैलालीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?