काठमाण्डौं:मिर्गौला पीडित चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित रानाको ५४ वर्षको उमेरमा बुधबार ललितपुरको निदान अस्पतालमा निधन भएको हो ।
विगत ६ वर्षदेखि रानाले नियमित डाइलासिस गर्दै आएका थिए । भारतमा पुगेर पनि उनले उपचार गराएका थिए । तर, आर्थिक स्थिति कमजोर भएका कारण उनले मिर्गौला प्रत्यारोपण गर्न सकेका थिएनन् ।
निर्देशक राना चलचित्र क्षेत्रका सफल निर्देशक हुन् । लामो समय चलचित्र क्षेत्रमा बिताएका रानाले महानायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठदेखि धेरै सफल अभिनेताहरुलाई निर्देशन गरेका छन् ।
उनले निर्देशनमा बनेको ‘कर्जा, सीमारेखा, करोडपति, राँको, एक नम्बरको पाखे’ जस्ता धेरै सफल चलचित्रहरु छन् । उनले केही बलिउड चलचित्रमा पनि काम गरिसकेका छन् ।
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर