बाँकेसहित २८ जिल्लाका सिडियोलाई गृहको निर्देशन, राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन गर्नु


सेतोखरी सेतोखरी   सोमबार, असार १०, २०८१
बाँकेसहित २८ जिल्लाका सिडियोलाई गृहको निर्देशन, राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन गर्नु

नेपालगन्ज १० असार : गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि यस्तो निर्देशन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले वक्तव्यमार्फत् उक्त जानकारी दिंदै सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट नभई स्थानीय तहबाटै विवरण संकलन गर्ने बताए । गृहले २८ जिल्लामा ४३८ प्राविधिकसमेत पठाएको छ ।

विभागले एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके, बर्दिया, सुर्खेत, दाङ, झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, उदयपुर, भक्तपुर, सप्तरी, ललितपुर, सिरहा, सिन्धुली, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो अनिवार्य व्यवस्था गरिएको हो ।