नेपालगन्ज १४ असार: नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपनाको प्रमाणपत्र प्रदान गरे ।
यो संगै नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएको छ । यो संगै जिल्लाका आठ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएका छन् ।
नेपालगन्जका २३ वडाका १६ देखि ५९ महिनाका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनुपर्ने खोपको लक्षित ८५६४ जना मध्ये ८१७१ (९६ प्रतिशत) घरधुरी सर्वेक्षण गर्दा पूर्ण खोप लगाएको र बाँकी ४ प्रतिशत बालबालिकालाई खोपको दायरामा ल्याई नियमानुसार खोप प्रदान गरी पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिए ।
पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणाका लागि प्रत्येक वर्ष माघ र फाल्गुन महिनामा ‘खोज र खोप’ अभियान तथा घरधुरी सर्वेक्षण गरिन्छ । त्यसपछि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले खोप लगाउन सुरु गरे÷नगरेको नामावली सूचीकृत गरिन्छ र १६ देखि २३ महिनाका बालबालिकाहरुले पूर्ण खोप पाए नपाएको सर्वेक्षण गरी छुटेका सबै बालबालिकालाई वैशाख महिनामा पूर्ण खोप दिएपछि वडा हुँदै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिन्छ ।
नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा कार्यक्रम नेपालगन्जका उपप्रमुख राईको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, २३ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, विभिन्न शाखा प्रमुख, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, २३ वटै वडाका स्वास्थ्य संस्था प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव