नेपालगन्ज २३ असार : अविरल वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ डुबानमा परेका छन् । बाँकेको राप्ती नदी तथा विभिन्न खोला छेउ र सहरी क्षेत्रका गाउँ टोलहरू डुबानमा परेको हो ।
यो पनि पढ्नुहोस् सोमबारदेखि कम वर्षा हुने
जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई दर्जन बढी गाउँहरू डुबानमा परेका हुन् ।
निरन्तरको वर्षा हुँदा पानी जम्मा भएर तथा नदी खोलामा पानीको सतह बढ्दा गाउँ डुबानमा परेको हो । सबैभन्दा बढि नदी तटिय क्षेत्र, खोला नालामा बढेको पानीको सतह र सहजरुपमा पानिको निकास नभएका क्षेत्र डुबानमा परेका हुन् ।
यो पनि पढ्नुहोस् भारी वर्षाका कारण दुई दिनमै १४ जनाको मृत्यु
राप्ती नदीमा आएको बाढीले नरैनापुरका दर्जन बढी गाउँ डुबानमा परेको विपद् व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।
मिश्राका अनुसार नरैनापुर गाउँपालिका वडा नं–६ को सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, भोजपुर, वडा नम्बर– ५ को भगवानपुर, नेवाजी गाउँ, मटेहियाको दक्षिणी किनारका घरहरू राप्तीको बाढीका कारण डुबानमा परेका छन् ।
यो पनि पढ्नुहोस् बाढीपहिरोका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डुबान क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी एव उद्धार टोलीसहित नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी समेत खटिएको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र