नेपालगन्जमा पुग्यो ‘युएसएड यात्रा’


सेतोखरी सेतोखरी   मंगलबार, असार २५, २०८१
नेपालगन्जमा पुग्यो ‘युएसएड यात्रा’

नेपालगन्ज २५ असार : नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको यात्रा मङ्गलबार(आज) नेपालगन्जमा सम्पन्न भएको छ । 

नेपालगन्जको धम्बोझी चोकमा आयोजित कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागितामा सांस्कृतिक लगायत विभिन्न प्रस्तुति गरिएका थिए । 

लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको यात्रा बुटवल, दाङको लमही र बाँकेको कोहलपुर हुँदै नेपालगन्ज पुगेको हो । 

युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ । यस्तो यात्रा भने पहिलोपटक गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झण्डै ८ दशकदेखि रहँदै आएको छ । र, युएसएडले विगत ६३ वर्षभन्दा लामो  समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रम मार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पु¥यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रम मार्फत अप्रत्यक्षरूपमा लाभ लिएका थिए । 

सन्  २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर (१ खर्ब ९६ अर्ब) नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ । 

स्मरण रहोस् नेपालको पहिलो राजमार्ग (सन् १९५५), काठमाडौंमा, पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६)मा युएसएडको  आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् । युएसएडको सहयोगमा नै सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएका हुन् । 

दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मुलनमा सहयोग गरेको य्ुएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएकोछ । त्यस्तै उसले कोभिड–१९ सङ्कटको समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता प्रदान गरेको थियो । 

युएसएडको सहयोगबाट मुख्यगरी कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरता दर र औषत आयु दोब्बर बनाउन, बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुगेको छ ।