File Photo
नेपालगन्ज २ साउन : बाँकेको कोहलपुरस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएकोछ ।
यसअघि नेपालगन्जस्थित भेरी अस्पतालमा मात्र लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेदेखि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुर अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठका अनुसार यसअघि पनि सो अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम चलेको जनाउँदै बिचमा केही समयका लागि बन्द भएपनि फेरी सञ्चालनमा आएको बताए ।
उपनिर्देशक डा. श्रेष्ठका अनुसार स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा कोहलपुर क्षेत्रका बिरामीलाई ठूलो समस्या भएको थियो । सोही कारणले भेरी अस्पतालमा बीमा गराएका धेरै बिरामी पुग्दा सेवा दिन समस्या भएको गुनासो पटक–पटक सुनिएको थियो ।
भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले स्वास्थ्य उपचारका लागि बाँके जिल्लाको महत्वपुर्ण स्वास्थ्य संस्थामध्ये एक नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा फेरि स्वास्थ्य बीमा लागु भएपछि बीमित विरामीलाई सहज हुने बताए ।
उनले भेरी अस्पतालले सिमिति जनशक्तिबाट सो कार्यक्रममा आबद्ध बिरामीलाई सेवा दिनुपरेकोले एकै पटक धेरै बिरामी आउँदा समस्या हुने गरेकोमा अब कोहलपुरले पनि सेवा सुरु गरेपछि स्वास्थ्य बीमा गराएका विरामीले जिल्लाका दुई अस्पतालबाट सहज र सरल स्वास्थ्य सेवा लिने बताए ।
साउन १ गतेबाट देशका १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा सुरु गरेका हुन् । जसमा २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।
स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार नै यी संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएका हुन् ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?