नेपालगन्ज ७ साउनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
संसदीय दलका नेता लीला गिरीलाई पन्छाउँदै एमालेले उपनेतालाई मुख्यमन्त्री अघि सारेको थियो । आचार्यले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र