नेपालगन्ज १३ साउन : बाँकेको खजुराबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।
खजुरा गाउँपालिका–३ पेडारी नालाबाट लागूऔषध खैरो हिरोइन सहित स्थानीय २ जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका–३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् ।
पक्राउ परेकाहरुबाट लागु औषध खैरो हिरोइन १ ग्राम बरामद भएको ईलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई खजुरा बजार क्षेत्रबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पछिल्लो समय बाँकेका ग्रामीण भेगमा लागुऔषधको सेवन, कारोबार बढ्दै गएकोछ । विशेषगरी नेपालगन्जसहित खजुरा, जानकी, बैजनाथ र कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा लागुऔषध दुव्र्यसनि बढ्दोछ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र