क्यानको अध्यक्षमा शर्मा


क्यानको अध्यक्षमा शर्मा

नेपालगन्ज: कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाँकेको अध्यक्षमा रमणी प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको ११ औं साधारणसभाले शर्मालाई अध्यक्षमा चयन गरेको हो ।

क्यान महासंघ बाँकेको बरिष्ठ उपाध्यक्षमा, शिशिर नारायाण श्रेष्ठ, उपाध्यक्षमा कर्णबहादुर खत्री, सचिवमा दीपक खड्का, सहसचिवमा लिलानाथ दहाल र कोषाध्यक्षमा उपमा रेग्मी निर्वाचित भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै सदस्यमा शरद रिजाल, अन्जु रानाभाट, बिमला पुरी, जिता कुमारी रावत, दिपेश महत्तो, यज्ञराज जोशी, ओस्कार थापा, शेरबहादुर थापा निवाृचित भएको निर्वतमान अध्यक्ष भोजराज तिमिल्सेना बताउँछन् ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य ईश्वर पोख्रेल, रेशम गिरी, पुर्व उपाध्यक्ष सन्जय थापा, नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष चिरन्जीवी ओली लगायतको सहभागीता थिए ।