नेपालगन्ज ईलेक्ट्रिक्सको अध्यक्षमा शिवराज


नेपालगन्ज ईलेक्ट्रिक्सको अध्यक्षमा शिवराज

नेपालगन्ज : नेपालगन्ज ईलेक्ट्रिक्स एशोसियसन बाँकेको अध्यक्षमा शिवराज रिजाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको पाचौं वार्षिक साधरण सभा तथा तेस्रो अधिवेशनले रिजाललाई अध्यक्षमा चयन गरेको हो ।

एशोसियसनको उपाध्यक्षमा टेकबहादुर थापा, सचिवमा दामोदर सापकोटा, सहसचिव मदनलाल जैशी र कोषाध्यक्षमा सुरेन्द्र कुँवर निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा रामकुमार प्रसाई, मुकेश बाडीया, देवबहादुर कुँवर, अब्दुल वाहिद अन्सारी, रामसमुज तेली, शिवराज वर्मा, विवेश मैनाली, दिपु गुरुङ्ग, डोलराज भट्ट र महबुब अहमद कुरैसी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ईश्वरी प्रसाद ज्ञवालीले बताए ।

उनका अनुसार एशोसियसनमा विकासहरी कोइरालालाई मकार्यसमिति सदस्यमा मनोनित गरिएकोछ । दुई वर्ष कार्यकाल रहनेछ । अधिवेशनमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्नुपरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

एशोसियसन अध्यक्ष नन्दलाल ढकालको अधयक्षतामा भएको सो कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघ केन्द्रिय अध्यक्ष तेजनारायण खरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, होतल ब्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कडेँल लगायतले मायाको चिनो तथा सम्मान गरेका थिए ।