नेपालगन्ज १९ साउन : नेपाली महिला राष्ट्रिय भलिबल टिमले पहिलोपटक भारतविरुद्ध जित निकालेको छ । नेपाली टिमले काभा महिला नेसन्स लिगमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हरायो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–१८ र १५–१३ को स्कोरमा भारतलाई हराएको हो ।
कभर्डहलमा भरिभराउ दर्शकबीच खेलको पहिलो सेटमा नेपालले कुनै पनि बेला भारतलाई अग्रता बनाउन दिएन । उक्त सेटमा नेपालले ६–११ को स्कोरसहित पाँच अंकको अग्रता बनाउँदा दबाबमा आएको भारतले पहिलो टाइमआउट लिएको थियो ।
तर, त्यसपछि भारतले लगातार अंक जोड्दै स्कोर ११–१३ मा ल्याउँदा नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलो टाइमआउट लिए । पहिलो सेटमा नेपालले सर्भिसबाट दुई अंक मात्र गुमाएको थियो ।
नेपालले २३–१८ को अग्रता बनाउँदा पुनः भारतले दोस्रोपटक टाइमआउट लियो । त्यसपछि पनि नेपालले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको हो । महिला भलिबलको इतिहासमा नेपालले भारतविरुद्ध पहिलो सेट जितेको यो पहिलोपटक हो ।
दोस्रो सेटमा भने नेपालले पहिलोको लय कायम राख्न सकेन । दोस्रो सेटमा भारतले सुरुआतमै २–० को अग्रता बनाएको थियो । दोस्रो सेटमा भारतविरुद्ध ६–८ ले पछि पर्दा नेपालका प्रशिक्षक भट्टले पहिलोपटक टाइमआउट लिएका थिए ।
भारतले दोस्रो सेटमा १४–९ को स्थितिसहित पाँच अंकको अग्रता बनाएको थियो । यही स्थितिमा नेपालका प्रशिक्षक भट्टले दोस्रोपटक टाइमआउट लिए । त्यसपछि नेपालले तीन र भारतले ११ अंक जोड्दै सेट जितेको हो ।
दोस्रो सेटमा पनि नेपालले सर्भिसमा दुई अंक गुमाएको थियो । तेस्रो सेटमा पुनः नेपाल लयमा फर्कियो ।
तेस्रो सेटमा नेपालले १०–७ को अग्रता बनाउँदा भारतले पहिलो टाउमआउट लिएको थियो । पुनः नेपालले १७–९ को अग्रता बनाउँदा भारतले दोस्रोपटक टाइमआउट लियो । तेस्रो सेटमा नेपालले सर्भिसबाट तीन अंक गुमाएको थियो ।
चौथो सेटमा भारतले पुनः पुनरागमन ग¥यो । भारतले चौथो सेट २५–१८ ले जित्यो । त्योसँगै खेल पाँचौँ सेटसम्म लम्बिएको हो । चौथो सेटमा नेपालले सर्भिसबाट एक अंक गुमाएको थियो ।
पाँचौँ तथा निर्णायक सेट नेपालले १५–१३ ले जित्यो । सुरुमै नेपालले २–० को अग्रता बनाएको थियो । त्यसपछि स्कोर नेपालतर्फ ५–२ हुँदा भारतका प्रशिक्षकले पहिलोपटक टाइमआउट लिएका थिए । भारतले स्थिति ७–८ मा ल्याएपछि नेपालका प्रशिक्षकले पहिलोपटक टाउमआउट लिएका थिए । पाँचौँ सेटमा सर्भिसबाट नेपालले एक अंक मात्र गुमायो ।
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
२७ मिनेट अगाडि
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१४ घण्टा अगाडि
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते