नेपालगन्ज २० साउन : नेपाल नेत्रज्योति सङ्घ बाँकेद्वारा सञ्चालित नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले गत आर्थिक वर्ष २०८०-८१ मा एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ ।
२०४३ सालमा स्थापना भई आँखा उपचारमा सेवा प्रदान गर्दै आएको अस्पतालले गत आव २०८०÷८१ मा एक लाख ३३ हजार ३३८ जना नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिए ।
डा. बर्माका अनुसार उक्त आवमा ५५ हजार ५७७ जना नेपाली नागरिक र ४५ हजार ४७० जना भारतीय नागरिकको आँखाको परीक्षण गरिनुका साथै उपचार गरिएको हो ।
जस अन्तर्गत एक लाख एक हजार ४५ जनाको अस्पतालमा, ११ हजार ९४८ जनाको सामुदायिक आँखा उपचार केन्द्रमा र २० हजार ३४५ जनाको विभिन्न शिविरमा आँखाको परीक्षण गरिएको हो ।
गत आवमा चार हजार ५०२ नेपाली नागरिक र तीन हजार ८९१ जना भारतीय नागरिक गरी आठ हजार ३९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । जसमध्ये ६३ लाख ७१ हजार ७५० रुपैयाँ बराबरको छुटमा तीन हजार एक जना नेपाली नागरिकलाई सहुलियत तथा निःशुल्कमा सेवा प्रदान गरिएको छ ।
अस्पतालबाट आव २०७९÷८० मा एक लाख ३८ हजार ३८४ जना नागरिकले सेवा लिएका थिए । जसमध्ये पाँच हजार ४१४ नेपाली र चार हजार ३८२ जना भारतीय गरी नौ हजार ९४८ जनाको शल्यक्रिया गरिएको थियो ।
अस्पतालले स्वास्थ्य बीमा बोर्डसँग आव २०८१-८२ देखि पाँच वर्षसम्मका लागि लागु हुने गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरिसकेको हुनाले आगामी दिनमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको छ ।
अस्पतालले स्थापनाकालदेखि गत आवसम्ममा २७ लाख ९० हजार ९६० जना नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ भने दुई लाख ८२ हजार ४९४ जनाको आँखाको शल्यक्रिया गरेको प्रबन्ध निर्देशक डा. बर्माले जानकारी दिए ।
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?