नेपालगन्ज २१ साउनः लुम्बिनी प्रदेशकी सांसद माया पुनले जिल्ला खेलकुद विकास समिति बाँकेलाई १० लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री सहयोग गरेकी छन् ।
लुम्बिनी प्रदेश संसदिय विकास कोषबाट विनियोजन भई खेलकुद सामाग्री खरिद गर्न उनले उक्त रकम सहयोग गरेकी हुन् । खरिद गरिएको सामाग्रीलाई प्रदेश सभा सदस्य पुनले औपचारिक रुपमा हस्तान्तरण गरेकी छन् ।
सामाग्री हस्तान्तरण गर्दै राष्ट्रको गहनाका रुपमा रहेका खेलाडीलाई खेलकुद सामाग्री आवश्यक रहेको बताइन् । खेलकुदले नै नेपाललाई विश्व सामु चिनाउने काम गरेको भन्दै खेलाडीको योगदानको प्रसंशा गरिन् ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहले खेल र खेलाडीप्रति प्रदेश सांसद पुनले देखाएको मायाप्रति आफुहरु निकै आभारी रहेको बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?