नेपालगन्जमा ‘मारुनी‘को कन्सर्ट आज


नेपालगन्जमा ‘मारुनी‘को कन्सर्ट आज

नेपालगन्ज: यतिखेर चलचित्र ‘मारूनी’ टिम मोफसलमा छ । चलचित्रको प्रचार प्रसारका लागि मारूनी टिम मोफसल पुगेको हो ।

भदौ ४ गते इटहरी पुगेर चलचित्रको प्रचार गरेको टिम भदौ ५ गते चितवन पुगेको थियो । त्यहाँ मारूनी टिमले भव्य कन्सर्ट समेत ग¥यो । यस्तै चितवन पछि पोखरा, बुटवल हुदै मारुनी टिम आज नेपालगन्ज आउनेछ ।

नेपालगन्जको होटेल कल्पतरुमा आज आईतबार बेलुका ५ बजे भब्य कन्सर्टको आयोजना गरिदैछ । सो कन्सर्टमा नेपालगन्जको स्थानीय ब्याण्डले पनि आफ्नो प्रस्तुती गर्नेछन् ।

प्रवेश निशूल्क राखिएको सो कन्र्सटमा मारुनी चलचित्र टिमसंगै नायिका साम्राज्ञी राज्यलक्ष्मि शाह, नायक पुस्प खड्का, गायक कृष्ण काफ्ले, निर्देशक नवल नेपाल र निर्माता पुनम क्षेत्री गौतमको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि भएका कन्सर्टमा कलाकारद्वय पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको दुई गीत ‘जाम न माया जाम’ र ‘सक्दिन म बाँच्न’ मा नृत्य गरे । उनीहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ गरेका थिए । मारुनी चलचित्र भाद्र १३ मा प्रदशन हुदैछ ।