यसपटकको तिज ‘मारुनी’सगै


यसपटकको तिज ‘मारुनी’सगै

नेपालगन्ज:चलचित्र ‘मारूनी’ टिम नेपालगन्जमा आएकोछ । चलचित्रको प्रचार–प्रसारका लागि देश दौडाहमा रहेको मारूनी टिम आईतबार नेपालगन्ज आइपुगेको हो ।

नेपालगन्ज आइपुगेको टिमले न्यूरोडको कल्पतरु होटलमा भब्य कन्र्सट समेत ग¥यो । प्रवेश निःशूल्क राखिएको सो कन्र्सटमा मारुनी चलचित्र टिमसंगै नायिका साम्राज्ञी राज्यलक्ष्मि शाह, नायक पुस्प खड्का, गायक कृष्ण काफ्ले, निर्देशक नवल नेपाल र निर्माता पुनम क्षेत्री गौतम लगायतको उपस्थिति रहेको थियो ।

कन्सर्टमा कलाकारद्वय पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको गीत ‘जाम न माया जाम’ र ‘सक्दिन म बाँच्न’ लगायतकामा नृत्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

उनीहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ समेत गरेका थिए । भने गायक कृष्ण काफ्लेले आफूले गायका चर्चित गीत गाएर दर्शकलाई आनन्दित तुल्याएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, ठकुरी पत्रकार समाज नेपालले मारुनी टिमलाई स्वागत गर्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरेकोछ । कलाकारिता क्षेत्रबाट ठकुरी समुदायको शीर उच्च राख्न खेलेको भूमिकालाई सम्मान गर्दै उक्त सम्मान गरिएको समाजका अध्यक्ष करुणा शाहले जानकारी दिए ।

यस्तै सोही अवसरमा ठकुरी सहयोग सञ्जाल प्रदेश पाँच र कर्णाली प्रदेशले समते नायिका शाहलाई सम्मान गरेको छ ।

भदौ ४ गते इटहरी पुगेर चलचित्रको प्रचार गरेको टिमले चितवन, पोखरा र बुटवलको यात्रा पुरा गरिसकेकोछ । सो अवसरमा मारूनी टिमले भव्य कन्सर्ट समेत गरेको थियो ।

आईतबार नेपालगन्जमा भएको कन्सर्टमा नेपालगन्जको स्थानीय ब्याण्डले पनि आफ्नो प्रस्तुती राखेको थिए । प्रेम जनेरामा बनेको चलचित्रलाई हेरिदिन मारुनी टिमले समेत आग्रह गरेकोछ ।

तिजमा नाच्नुस् मारुनी हेर्नुस् र आफ्नो प्रतिक्रिया दिनुहोस् फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले सवैलाई आग्रह गरिन । मारुनी चलचित्र भाद्र १३ मा प्रदशन हुदैछ । सोमबार मारुनी टिम काठमाण्डौ फर्किने बताइएकोछ ।